शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भ्याक्सिन– बाँदरमा देखियो यस्तो उत्साहजनक नतिजा

बुधबार, २८ जेठ २०७७, १८ : १७
बुधबार, २८ जेठ २०७७

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताद्वारा बनाइएको कोभिड–१९ विरुद्धको सम्भावित भ्याक्सिन बाँदरमा परीक्षण गर्दा उत्साहजनक नतिजा देखिएको छ, यसले एन्टिबडिज उत्पादन गरेको छ भने सुरक्षाको कुनै खतरा देखाएको छैन ।  अनुसन्धानकर्ताहरुले १ हजारभन्दा धेरैलाई सहभागी गराएर मानिसमा परीक्षण गर्ने काम प्रक्रियामै रहेको जानकारी दिएका छन् । बिबिआईबिपी–कोर भी नामक यस भ्याक्सिन निर्माताले त्यस्तो उच्च तहको न्युट्रालाइसिङ एन्टिबडिज उत्पादनका लागि सहयोग गर्यो, जसले बाँदर, मुसा, सुँगुर, खरायोलगायतको सेल्समा संक्रमण गर्नबाट भाइरसलाई रोक्न सक्छ । 

‘यस नतिजाले क्लिनिकल ट्रायलका दौरान बिबिआईबिपी– कोर भीको थप मूल्याङ्कनका लागि सहयोग गर्नेछ,’ अनुसन्धानकर्ताहरुले प्रतिवेदनमा भनेका छन् । चीनको राष्ट्रिय फर्माक्युटिकल ग्रुप (सिनोफार्म) मा आबद्ध बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्ले बिबिआईबिपी– कोर भी विकास गरेको हो । चीनले मानिसमा परीक्षण गर्न लागेका पाँच सम्भावित भ्याक्सिनमध्ये यो एक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप