बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको टौखेलमा पुरुषको शव फेला

बुधबार, २८ जेठ २०७७, १२ : ३५
बुधबार, २८ जेठ २०७७

ललितपुर । गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ । 

राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो । आज बिहान करीब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए  । 

मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गरेका छन् । हत्या भएको उक्त स्थान मकैबारी रगतले लतपतिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप