शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने

बुधबार, २८ जेठ २०७७, ११ : २२
बुधबार, २८ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

विनियोजन  विधेयक,  २०७७  अन्तर्गत  प्रधानमन्त्री  तथा  मन्त्रिपरिषद्को  कार्यालय,  राष्ट्रिय  योजना  आयोगको सचिवालय,  राष्ट्रपतिको  कार्यालय  एवम् उपराष्ट्रपतिको  कार्यालयको  विभिन्न  शीर्षकहरु माथिको  छलफलमा  उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने कार्यसुची रहेको छ ।

यस्तै सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल (गौतम),  प्रेम सुवाल,   सञ्जय कुमार गौतम लगायत २८ जना सांसदहरुले प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई सभामुख अग्नि सापकोटाले र्णयार्थ प्रस्तुत गर्ने अर्को कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०७७ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप