बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थप १० जनामा कोरोना संक्रमण पुष्टि, सुदुरपश्चिममा सक्रिय संक्रमितको संख्या १ सय ३४ पुग्यो

बुधबार, २८ जेठ २०७७, ०९ : २४
बुधबार, २८ जेठ २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १३४ पुगेको छ । सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप १० जना कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परिक्षणबाट पुष्टि भएका १० जना मध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर नगरपालिका बस्ने वर्ष २३, २४, ३६ र ४० वर्षका पुरुष, कैलाली मोहन्याल गाउँपालिका बस्ने वर्ष १७ को १ जना परुष रहेका छन् । त्यसैगरि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका बस्ने वर्ष २५ को १ जना पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने २२ को १ जना पुरुष र दार्चुला लेकम गाउपालिका बस्ने वर्ष २६ को १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतालबाट १ जना संक्रमित निको भई घर गइसकेपछि निको हुनेको संख्या पनि १९ पुगेको छ । प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

प्रदेशमा हालसम्म ९ हजार १६६ जनाको स्वाब संकलन गरिएको र ७ हजार ४८३ जनाको पिसिआर मेसिनबाट जाँच गरिएको जनाएको छ । ७ हजार ६२२ जनाको रिपोट नेगेटिभ छ भने कूल १५५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नेरेन्द्रसिंह कार्कीले बताए । १ हजार ५१७ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।

आरडिटी बिधिवाट ४४ हजार ८८८ जनाको परीक्षण गरिएको छ । ४३ हजार १०७ को नतिजा नेगेटिभ छ भने १ हजार ७८१ जना आरडिटी पोजिटिभ भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । पोजिटिभ आएकाहरुको पिसिआर विधिबाट जाँच हुने क्रम जारी रहेको उनले बताए ।

५५ हजार ७३० जना पुरुष र १० हजार २६१ जना महिला  क्वारेन्टाइनमा रहेको उनले बताए । प्रदेशमा आईसोलेसन बेड संख्या २४९ रहेको र शंकास्पद ३३ र संक्रमित ८५ गरी ११८ जनालाई आईसोलेसनमा राखी उपचार भइरहेको उनले वताए । ३१७ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप