शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीपिका पादुकोणका बडीगार्डको कमाई कति होला ?

बुधबार, २८ जेठ २०७७, ०८ : ५६
बुधबार, २८ जेठ २०७७

बडीगार्डले हरेक सेलिब्रिटीको जीवनमा निकै महत्वपूर्ण भूमिका निभाउँछन् किनभने उनीहरुले भीडभाडयुक्त स्थानमा सेलिब्रिटीको रक्षा र हेरविचार गर्ने गर्छन् ।

दीपिका पादुकोणका नीजि बलिगार्ड जलाल हुन् । उनी वर्षौंदेखि दीपिकासँगै छन् र थुप्रै महत्वपूर्ण अवसरमा अभिनेत्रीसँगै उनलाई देख्ने गरेका छौं । रणवीर सिंह र दीपिका पादुकोणको विवाहमा जलालले दुलहीपक्षको ब्रिगेडको नेतृत्व गरेका थिए । जलाललाई दीपिकाले आफ्नो दाइ मान्छिन् र हरेक रक्षाबन्धनमा राखी बाँध्ने गर्छिन् ।

जलालले दीपिका पादुकोणको जीवनको सुरक्षाका लागि निकै महत्वपूर्ण भूमिका निभाउने कुरामा कुनै दुइमत छैन । तर के तपाईंले उनको वार्षिक कमाई कति होला भनेर अनुमान लगाउनु भएको छ ? बलिउड लाइफ डटकममा प्रकाशित खबर अनुसार सन् २०१७ मा जलालको वार्षिक तलब ८० लाख भारु थियो जसको अर्थ यो हो कि अहिलेसम्म उनको तलब लगभग १ करोड भारु पुगिसकेको छ ।


वर्कफ्रन्टको कुरा गर्ने हो भने दीपिका पादुकोणलाई ‘८३’ मा देख्न सकिनेछ जसको मुख्य भूमिकामा श्रीमान् रणवीर सिंह पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप