१४ तल्लाबाट खसेर सुशान्त सिंह राजपूतको पूर्वम्यानेजरको निधन
बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको सोमबार राति निधन भएको छ । एक भवनको १४ औँ तल्लाबाट खसेर दिशाको मृत्यु भएको हो ।
रिपोर्टका अनुसार उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घटनापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृत्त घोषणा गरेका थिए । प्रहरीले दिशाको आमाबाबुको बयान लिएको छ भने उनको प्रेमीको बयान लिन बाँकी रहेको छ ।
मुम्बई प्रहरी यतिबेला दिशाको मृत्युको कारण जाँच गरिरहेको छ । प्रहरीलाई कुनै सुसाइड नोट फेला परेको छैन ।
मिडिया रिपोर्टका अनुसार दिशाले घटनाअघि आफ्नो प्रेमी रोहन राय र केही साथीहरुसँग डिनर गरेकी थिइन् । त्यसपछि यो घटना भएको थियो ।
दिशा बन्टी सजदेहको म्यानेजमेन्ट कम्पनी कर्नर स्टोनमा कार्यरत थिइन् ।
अभिनेता वरुण शर्माले दिशाको निधनको खबरले आफू नै निकै दुःखी भएको बताएक छन् । इन्सटाग्राममा दिशासँगको तस्विर पोष्ट गर्दै उनले दिशा आफ्नो मिल्ने साथी भएको बताएका छन् । उनले लेखेका छन्, ‘मलाई अझै पनि दिशा तिमीले छाडेर गएको विश्वास भइरहेको छैन । तिमी निकै चाँडै गयौ ।’
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण