आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१४ तल्लाबाट खसेर सुशान्त सिंह राजपूतको पूर्वम्यानेजरको निधन

बुधबार, २८ जेठ २०७७, ०८ : ३०
बुधबार, २८ जेठ २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको सोमबार राति निधन भएको छ । एक भवनको १४ औँ तल्लाबाट खसेर दिशाको मृत्यु भएको हो ।

रिपोर्टका अनुसार उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घटनापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृत्त घोषणा गरेका थिए । प्रहरीले दिशाको आमाबाबुको बयान लिएको छ भने उनको प्रेमीको बयान लिन बाँकी रहेको छ ।

मुम्बई प्रहरी यतिबेला दिशाको मृत्युको कारण जाँच गरिरहेको छ । प्रहरीलाई कुनै सुसाइड नोट फेला परेको छैन ।

मिडिया रिपोर्टका अनुसार दिशाले घटनाअघि आफ्नो प्रेमी रोहन राय र केही साथीहरुसँग डिनर गरेकी थिइन् । त्यसपछि यो घटना भएको थियो ।

दिशा बन्टी सजदेहको म्यानेजमेन्ट कम्पनी कर्नर स्टोनमा कार्यरत थिइन् ।

अभिनेता वरुण शर्माले दिशाको निधनको खबरले आफू नै निकै दुःखी भएको बताएक छन् । इन्सटाग्राममा दिशासँगको तस्विर पोष्ट गर्दै उनले दिशा आफ्नो मिल्ने साथी भएको बताएका छन् । उनले लेखेका छन्, ‘मलाई अझै पनि दिशा तिमीले छाडेर गएको विश्वास भइरहेको छैन । तिमी निकै चाँडै गयौ ।’

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप