शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमाको चिहान नजिकै गाडिनेछ जर्ज फ्लोयडको शव

बुधबार, २८ जेठ २०७७, ०८ : २३
बुधबार, २८ जेठ २०७७

अफ्रिकी अमेरिकी जर्ज फ्लोयडको अन्तिम संस्कारका बेला रङ्गभेदविरुद्ध मानिसहरुको भावना स्पष्ट देख्न पाइएको छ ।

टेक्सस प्रदेशको ह्यूस्टटन शहरमा उनको अन्तिम संस्कारका लागि सयौं संख्यामा मानिसहरु जम्मा भए ।

उनको अन्तिम संस्कारमा समावेश भएका थुप्रै मानिसहरुले जर्जलाई सधैं यस्ता व्यक्तिको रुपमा याद गरिने बताए जसको एउटै अपराध थियो कि उनी जन्मँदा ‘काला’ थिए ।

२५ मे मा मिनियापोलिसमा एक प्रहरी अधिकारीले फ्लोयडलाई पक्राउ गर्नेबेला लगभग ९ मिनेटसम्म आफ्नो घुँडाले उनको घाँटी थिचेका थिए जसका कारण उनको मृत्यु भएको थियो ।

यसका लागि चार प्रहरी अधिकारीविरुद्ध कारवाही गरियो ।

जर्जको कफिनलाई ह्यूस्टन मेमोरियल गार्डमा उनकी आमासँगै गाडिनेछ ।

फ्लोयडका एक आफन्तले कानूनमा परिवर्तनको आह्वान गरेका छन् । उनका अनुसार अहिलेको कानून अश्वेत व्यक्तिहरुलाई वञ्चित गर्नका लागि नै बनाइएको थियो ।

ह्यूस्टनको द फाउन्टेन अफ प्रेज चर्चमा फ्लोयडलाई श्रद्धाञ्जली दिनेमा सर्वसाधारणका साथै थुप्रै राजनेता पनि समावेश थिए ।

अमेरिकाका पूर्व उपराष्ट्रपति तथा यो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका प्रत्याशी जो बाइडनले ह्यूस्टनमा जर्ज फ्लोयडका आफन्तसँग भेट गरेर आफ्नो समवेदना प्रकट गरे ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप