सर्वोच्च अदालतको आदेशपछि ब्राजिलले हटाएको आँकडा पुनः जोड्यो

ब्राजिलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पुनः जोडेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई आँकडाको सन्दर्भमा आदेश जारी गरेको थियो ।
करिब दुई दिनअघि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीको संख्यासँग जोडिएको थुप्रै पाना हटाइएको थियो । जसका कारण ब्राजिलको अत्यधिक आलोचना भइरहेको थियो । ब्राजिलको स्वास्थ्य विभागले आँकडालाई हटाउँदै अब आफूहरुले संक्रमणको कूल आँकडा जारी नगर्ने स्पष्ट पारेको थियो ।
तर मंगलबार देशको सर्वोच्च अदालतले मन्त्रालयलाई पुनः आँकडा जोड्न आदेश दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीसले आदेश सुनाउँदै सरकारको यो कदमले कोरोनाभाइरसको निगरानी पूर्ण रुपमा असम्भव गरिदिएको बताएका थिए ।
यसका साथै विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमितको आँकडाको विषयमा ब्राजिललाई पारदर्शिता अपनाउन अपिल गरेको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय