शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा कोरोना जितेर १८ जना घर फर्किए

मङ्गलबार, २७ जेठ २०७७, २१ : ०१
मङ्गलबार, २७ जेठ २०७७

 जुम्लामा कोरोना संक्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयूमा रहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । 

प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगायतले खादा र मालाले बिदाई गरेका छन् । 

उनीहरुलाई घर फर्किएपछि पनि अपनाउनुपर्ने सावाधानीका विषयमा प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले जानकारी गराएका थिए । 

घर फर्किनेहरुले उपचारमा सक्रिय चिकित्सक तथा नर्सहरुलाई धन्यवाद प्रकट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उपेन्द्र न्यौपाने
उपेन्द्र न्यौपाने
लेखकबाट थप