शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीमाथि लाठी प्रहार

मङ्गलबार, २७ जेठ २०७७, १८ : १५
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर एमसिसीको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवा–विद्यार्थीहरुले एमसिसी खारेजीको माग गर्दै चर्को नारा लगाएका छन् । 

विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा प्रहरीको लाठी प्रहारबाट करिब एक दर्जन विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । टाउको र शरीरमा चोट लागेका विद्यार्थी नेतालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।  

अनेरास्ववियूका नेता समीर बुढाथोकीले भने–‘एमसीसी खारेज गरौ भन्दै स्वाभिमान माग्दा सरकारले लाठी उपहार दियो ।’ प्रहरी हस्तक्षेपका क्रममा भएको लाठी प्रहारबाट अनेरास्ववियू केन्द्रीय सदस्य रविन जङ्ग बस्नेत, समीर वुढाथोकी, निर्ग नवीन, सञ्जिव चौधरी, सञ्जिव फुयाल, दुधराज तामाङ, उपदेश यादव, निरोज श्रेष्ठ, भूमिराज अधिकारी लगायत नेता कार्यकर्ता घाईते भएका छन् ।

यस समाचारमा प्रयुक्त तस्विरहरु फोटो पत्रकार बर्षा शाहले खिचेका हुन् । असावधानीवश यसअघि तस्विरको श्रोतमा उनको नाम उल्लेख नभएकोमा क्षमायाचनासहित सच्याइएको छ । –रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप