बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो चरणमा १७ हजार ७ सय ७४ जना स्वदेश फर्कदै, युएईबाट ४ सय १० मात्र

मङ्गलबार, २७ जेठ २०७७, १७ : २१
मङ्गलबार, २७ जेठ २०७७

युएई। कोरोनाका कारण खाडी मुलुक लगायत अन्य ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई पोहिलो चरणमा घर फर्काउने निश्चित भएको छ। विदेशमा रहेका नेपाली दूतावासले अलपत्र भएका नागरिकहरुलाई तत्काल उद्धार गर्नुपर्ने विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएसँगै मन्त्रालयले स्वदेश फर्कने नागरिकहरुको सूची तयार गरेको हो।

परराष्ट्रमा दूतावासहरुले पठाएको विवरणअनुसार मलेसिया लगायत खाडी मुलुकबाट पहिलो चरणमा १७ हजार ७ सय ७४ जनाको उद्धार गर्नुपर्ने उल्लेख गरिएको छ। जसमा साउदीबाट ३३ सय १२, बहराइनबाट ३७२, कतारबाट ३ हजार ६०८, मलेसियाबाट ६ हजार ४२५, ओमानबाट ६५६, कुवेतबाट २ हजार ९९१ र  युएईबाट ४१० रहेका छन् ।

यता, परराष्ट्र मन्त्रालयले युएईबाट ४ सय १० जनालाई तत्कालै उद्धार गर्नुपर्ने नागरिकको सूची सोमबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई बुझायो। जब कि सरकारले युएई नजिकैको देश ओमनबाट ६ सय ५६ स्वदेश फर्काउने सूचीमा राखेको छ। ओमनमा १७ हजार नेपाली कार्यरत छन् ।

युएईस्थित नेपाली दूतावासले सरकारलाई १७ हजार ३ सय ७५ नेपाली  नागरिकलाई तुरुन्तै नेपाल फर्किन सक्ने जानकारी सहितको विवरण दिएको थियो। त्यसमध्ये करिब १० हजार तुरुन्तै उद्धार गर्नुपर्ने अवस्था रहेको दूतावासले बताउँदै आएको छ। तर,सरकारको सूचीमा उद्धार गर्नुपर्ने ४ सय १० जना मात्रै कसरी परे ? दूतावासको तथ्याङ्कअनुसार युएईमा २ लाख ७५ हजार नेपाली कामदारहरु कार्यरत छन्। दूतावासको तथ्याङ्कअनुसार युएईमा सबैभन्दा बढी नेपाली कामदारले रोजगारी गुमाएको देखिन्छ।

युएईमा भिसाको अवधि सकिएर फर्किन नपाएकाहरु, भिजिट भिसा लगाएर जानेहरु सबैभन्दा धेरै पीडित छन्। यसैगरि धेरैको जागिर छैन भने कतिले काम गरे पनि तलब पाएका छैनन्। कतिपय कामदार कम्पनी बन्द भएकाले अलपत्र बन्न  पुगेका छन्। कति लकडाउन अघिनै विभिन्न कारणले जागिर छोडेर स्वदेश फर्किन लागेकाहरु यतै अलपत्र छन् । गर्भवती महिला, दिर्घरोगी, विद्यार्थी अलपत्रमा परेका छन्। उनीहरु पटक–पटक आ आफ्नो समस्या लिएर दूतावास पुग्ने गर्छन्।
रोजगारीका लागि मलेसिया लगायत खाडी मुलुक पुगेका नेपालीहरु स्वदेश फर्कन खोज्ने सम्बन्धित देशको दूतावास तथ्याङ्कमा धेरै भएपनि सरकारले पहिलो चरणमा अति नै समस्यामा परेका १७ हजार ७ सय ७४ जनालाई मात्र प्राथमिकतामा राखेर स्वदेश फर्काउन लागेको हो। सरकारको सूचीका आधारमा नै उद्दार हुने हो भने पीडितका समस्या जटिल बन्न सक्छन् ।

भोलि उडान अनिश्चित 
भोलि हुने उड़ानबारे विभिन्न मिडियामा समाचार आएपनि यसबारे अहिलेसम्म नेपाली दूतावास अनविज्ञज्ञ रहेको बताइएको छ। उक्त विषय छलफलको क्रममा रहेको र नेपाल सरकारले आज भोलि नै केही निर्णय गर्न सक्ने युएईस्थित दूतावास श्रोतले जनाएको छ। नेपाल सरकारले सबै चार्टर्ड विमानमा रोक लगाएको हुनाले आधिकारिक समाचार नआएसम्म टिकट बुकिङ नगर्न दूतावासले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप