शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेसीले तोड्दैछन् पेलेको कीर्तिमान

मङ्गलबार, २७ जेठ २०७७, १७ : ०७
मङ्गलबार, २७ जेठ २०७७

एजेन्सी । कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण लामो समय रोकिएको फुटबल खेल जर्मनीमा सुचारु भइसकेको छ । चाडै स्पेनमा पनि फुटबल सुरु हुँदैछ र लियोनल मेसीले पनि नयाँ नयाँ रेकर्ड राख्ने आफ्नो इच्छा पूरा गर्ने अवसर पाउनेछन् । बार्सिलोनाका कप्तान मेसीको पहिलो जिम्मेवारी टोलीलाई ला–लिगा र च्याम्पियन्स लिग उपाधि जिताउनु हो । तर, यससँगै उनी व्यक्तिगत रुपमा पनि धेरैभन्दा धेरै किर्तिमान राख्न चाहन्छन् । 

एकै क्लबका लागि सर्वाधिक गोल 
पेलेले सन्तोष क्लबका लागि ६ सय ४३ गोल गरेका थिए । कुनै एक क्लबका लागि कुनै एक खेलाडीले यति धेरै गोल गर्नु दूर्लभ मानिन्छ । त्यसैले पेलेको यो किर्तिमान नतोडिने अनुमान गरिएको थियो । तर, मेसी दूर्लभ कीर्तिमान तोड्न र आफ्नो नाममा लेखाउन अभ्यस्त मानिन्छन् । उनले बार्सिलोनाका लागि अहिल्यै ६ सय २७ गोल गरिसकेका छन् र पेलेको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाउनका लागि १६ गोलले पछाडि छन् । यस सिजन बार्सिलोनाले ला–लिगामा अझै १२ खेल खेल्न बाँकी छ । यसबाहेक च्याम्पियन्स लिग र अन्य प्रतिस्पर्धा पनि छ । त्यसैले मेसीले यसै सिजन यो कीर्तिमान तोड्नेमा उनका समर्थक आशावादी छन् । ढिलो–चाडो यो कीर्तिमान मेसीकै नाममा हुने तयजस्तै देखिन्छ । 

सातपटक सर्वाधिक गोलकर्ता 
जारी सिजन मेसी अहिलेसम्म ला–लिगाका सर्वाधिक गोलकर्ता हुन् र उनले १९ गोल गरेका छन् । रियाल म्याड्रिडका करिम बेन्जामा उनीभन्दा ५ गोलले पछाडि छन् । यसको अर्थ मेसी सातौंपटक ला–लिगाको सर्वाधिक गोलकर्ता बन्ने सम्भावना अधिक देखिन्छ । स्पेनिस ला–लिगामा सर्वाधिक ६ सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान मेसी  टेल्मो जार्राको नाममा छ । यस सिजनको समाप्तीपछि मेसीले यो सूचिमा जार्रालाई पछाडि पार्न सक्छन् । 

सम्भावित अन्य उपलब्धि
यदि अर्जेन्टिनी खेलाडीले बार्सिलोनालाई घरेलु र युरोपेली उपाधि जिताउन सके भने उनले यी किर्तिमान पनि आफ्नो नाममा लेखाउनेछन् - 

–मेसी जितेको च्याम्पियन्स लिग संख्या ५ पुग्नेछ । जुन, सर्वाधिक च्याम्पियन्स लिग जित्ने खेलाडीहरुको सुचीमा रियल म्याड्रिडका जेन्टोपछिको दोस्रो स्थान हो । जेन्टोले ६ पटक युरोपेली लिग जितेका थिए ।  भलै, ५ पटक च्याम्पियन्स लिग जित्ने खेलाडीको सूचि लामै छ । तर, ४ पटक उपाधि जितेका मेसी च्याम्पियन्स लिगको उपाधि संख्या बढाउन चाहन्छन् । 

–मेसीले पछिल्ला १२ वर्षमा ९ लिग उपाधि जित्नेछन् र समग्रमा आफुले खेलेका १६ मध्ये एघारौं उपाधि उनको नाममा हुनेछ । यसले ‘मेसी एरा’ लाई थप उत्कृष्ट बनाउनेछ । 

–एकै क्लबका लागि सर्वाधिक उपाधि जित्ने खेलाडीको सूचीमा राय गिग्ससँगै मेसीको नाम संयुक्त रुपमा पहिलो स्थानमा आउनेछ । मेसीले अहिलेसम्म ३४ उपाधि जितेका छन् । म्यानचेस्टर युनाइटेडका लागि रायन गिग्सले कूल ३६ उपाधि जितेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप