११ नेपाली बोकेर अस्ट्रेलियाबाट नेपाल उड्यो जहाज

अस्ट्रेलिया । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियामा समस्यामा परेका ११ नेपालीलाई लिएर मंगलबार स्वदेश उडेको छ ।
कोरोनाको कारण समस्यामा परेकामध्ये गायिका सुनितामी परियार, क्यान्सरका बिरामी र प्रशिक्षणका लागि आएका केही सरकारी कर्मचारी गरी ११ यात्रु लिएर विमान नेपाल उडेका हो ।
अस्ट्रेलियाको लागि नेपाली राजदूत महेशराज दाहालले आजको उडानमा अति समस्यामा परेका मध्ये थोरैमात्रै नेपाल गएको बताए ।
यसपटक केही प्राविधिक कारणले क्यानबेरा आएको नेपाल एअरलाइन्सबाट समस्यामा परेका अन्य नेपाली स्वदेश फर्काउन नसकिएको उनले बताए ।
राजदूत दाहालले दिएको जानकारी अनुसार अरु समस्यामा परेका नेपाली लिन छिट्टै अर्को जहाज आउने तयारी भैरहेको छ ।
नेपाल सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेअनुसार अबको दुई तीन हप्ताभित्र उद्दार हुने उनको भनाइ छ ।
त्यसका लागि क्यानबेरा नेपाली दूतावासमा करिब १३ सय नेपालीले स्वदेश फर्कन भनी फाराम भरेको दूतावासका अधिकारी दुरपदा सापकोटाले जानकारीको भनाइ छ ।
नेपाल एयरलाइन्सको विमान सोमबार नेपालबाट करिब ३ सय यात्रु बोकेर अस्ट्रेलिया उडेको थियो भने साेही विमान ११ नेपाली बाेकेर स्वदेश फर्किएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू