रुपन्देही सामूहिक हत्याकाण्ड: कृषि फर्म सञ्चालकदेखि आफन्तलाई समेत सोधपुछ
बुटवल । रुपन्देहीको सामुहिक हत्याकाण्डबारे प्रहरीले अनुसन्धान थालेको छ । तिलोत्तमा–१० मैनहियामा कोदालो प्रहारबाट हत्या गरिएका ५ जनाको हत्याबारे अुनसन्धान गर्नको लागी प्रहरीले अहिले कृषि फर्म सञ्चालकदेखि मृत्तकका आफन्तहरुसँग सोधपुछ शुरु गरेको हो ।
प्रदेश प्रहरी कार्यालयबाट खटिएको एसएसपी राजकुमार बैदवारको नेतृत्वको अनुसन्धान टोलीले गंगादेवी कृषि फर्मका सञ्चालक कृष्ण पुन, मृतकका आफन्तहरु साली र छोरा छोरीहरुसँग सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि हत्या गरेको आशंकामा सुर्खेतका लगभग ३२ वर्षीय युवक झपेन्द्रसिंह सिञ्जालीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार अहिलेसम्म झपेन्द्रसिंह सिञ्जालीले हत्या गरेको पुष्टि भएको छ । उक्त हत्या आफुले गरेको बयान उनले प्रहरीलाई दिएका छन् । तर हत्या गर्नुको स्पष्ट कारण भने खुल्न नसेको प्रहरीले जानकारी दिएको छ ।
मृतकहरुको शव पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले भने, ‘मुल मान्छे अहिलेसम्म यहि सिञ्जाली हो, के कारण हत्या गरेको अझै स्पष्ट रुपमा खुलेको छैन् । अरु पनि कारण छन् कि भनेर अन्यसँग सोधपुछ गरिएको हो । सिञ्जालीले मदिरा सेवन गर्ने गरेको र हिजो पनि खाना खाएपछि एक बोतल मदिरा लिएर सुत्न गएको खुलेको छ । श्रीमती छाडेपछि उनले साँझपख दैनिकजसो मदिरा खाने गरेको स्थानीयवासीले बताएका छन् ।’
सोमबार राती पशु फार्ममा कार्यरत स्थानीय माधव मुसहर (४०), उनकी श्रीमती जानकी मुसहर (३७), कोषराज मुसहर र बाहिरबाट आएर राती सँगै बसेका स्थानीय किशोर करन चौधरी र आशिष चौधरीको हत्या भएको हो । उनीहरुको कोदालो प्रहारबाट सामूहिक रुपमा हत्या गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य