कोरोना उपचारका लागि विदेशी डाक्टर ल्याउन आवश्यक छैन: मन्त्री त्रिपाठी
मङ्गलबार, २७ जेठ २०७७, १६ : ०४

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमितका लागि विदेशी चिकित्सक ल्याउन आवश्यक नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले साधेको प्रश्नको जवाफ दिँदैं कोरोना उपचारका लागि नेपालका चिकित्सक सक्षम रहेको बताए ।
उनले नेपालका स्वास्थ्यकर्मीमाथि पूर्ण विश्वास रहेको, अहिलेसम्म कोरोनासँगको लडाईमा नेपाली नर्स, डाक्टर खटिएको बताउँदै विदेशबाट ल्याउन आवश्यक नरहेको बताए । यस्तै, मन्त्री त्रिपाठीले लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन तत्कालका लागि स्थगित गरिएको बताएका छन् । कर्मचारी ओएनएम सर्वेको अनुसार कर्मचार पूर्ति गर्ने काम पनि तत्कालका लागि स्थगित भएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा