बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा

काठमाडौं । प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए । सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।
सरकारले यही जेठ ३२ सम्म लकडाउनको आदेश जारी गरे पनि त्यसको उल्लङ्घन गर्दै विभिन्न क्षेत्रमा पसल खोल्ने, सवारी सञ्चालन गर्ने र हिँडडुल गर्ने क्रम बढेको छ । आज प्रहरीले विभिन्न क्षेत्रमा पसल बन्द गर्न खोज्दासमेत अवरोध भएको जनाइएको छ । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने विषयमा छलफल जारी रहेको जनाएको छ । तस्बिरः मोनिका देउपाला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’