बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले दक्षिण कोरियालाई पुनः भन्यो दुश्मन, कुराकानीको सबै ढोका बन्द

मङ्गलबार, २७ जेठ २०७७, १३ : १४
मङ्गलबार, २७ जेठ २०७७

उत्तर कोरियाले दक्षिण कोरिया र आफूबीचको संवादका सबै ढोका बन्द गर्न लागेको जानकारी दिएको छ ।

यसमा दुई देशका नेताबीचको हटलाइन पनि समावेश छ । दक्षिण कोरियालाई ‘दुश्मन’ बताउँदै उत्तर कोरियाले यो उसको पहिलो कारवाही भएको जानकारी दिएको छ ।

 उत्तर कोरियाका सीमामा रहेका शहर कएसोङमा बनाएको सम्पर्क कार्यालय पनि बन्द गरिनेछ ।

सन् २०१८ मा कुराकानीपश्चात् दुई देशले तनाव कम गर्नका लागि यो कार्यालय स्थापित गरेको थियो ।

सन् १९५३ मा कोरियाली युद्धको समाप्तिपछि दुई देशबीच कुनै शान्ति सम्झौता भएको छैन तसर्थ प्राविधिक रुपमा दुई देशबीच अहिले पनि युद्ध जारी छ ।

उत्तर र दक्षिणबीच बनाइयो सम्पर्क लाइनः

उत्तर कोरियको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार उत्तर कोरिया ‘पूर्ण रुपमा उत्तर र दक्षिणबीच बनाइएको सम्पर्क लाइन तोड्दै बन्द गरिरहेको छ जुन उत्तर–दक्षिणको संयुक्त सम्पर्क कार्यालयको माध्यमबाट गरिएको थियो । यसलाई ९ जून २०२० को दिउँसो १२ बजेदेखि बन्द गरिनेछ ।’

उत्तर कोरियाले सैन्य सञ्चारको च्यानल पनि बन्द गरिने बताएको छ ।

कोभिड–१९ महामारीका कारण लागू गरिएको प्रतिबन्धका कारण सम्पर्क कार्यालय जनवरीमा अस्थाई रुपमा बन्द गरिएको थियो । यद्यपि, दुई देशबीच फोनमार्फत् सम्पर्क जारी थियो ।

दुई देशबीच कार्यालयबाट बिहान ९ बजे र बेलुकी ५ बजे दुई पटक फोनवार्ता हुने गर्दथ्यो ।

सोमबार दक्षिण कोरियाले २१ महिनामा पहिलो पटक बिहानको फोनको जवाफ नदिएको जानकारी दियो । यद्यपि, दिउँसो भने सम्पर्क भएको थियो ।


किम जोङ उनकी बहिनीले दिएकी थिइन् धम्की

केसीएनएले भनेको छ, ‘हामी यो निष्कर्षमा पुगेका छौं कि दक्षिण कोरियाली प्रशासनसँग आमनेसामने बसेर कुनै मुद्दामा कुराकानी गर्न आवश्यक छैन किनभने उनीहरुले हामीलाई सधैं निराश नै बनाएका छन् ।’

उत्तर कोरियाका शीर्ष नेताकी बहिनी किम यो–जोङले गत हप्ता दक्षिण कोरियाका भगौडा समूहको पर्चा उत्तर कोरियामा आउन नरोकिएसम्म कार्यालय बन्द गर्ने धम्की दिएकी थिइन् ।

उनका अनुसार पर्चाको अभियान एक शत्रुतापूर्ण व्यवहार हो जुन सन् २०१८ मा दक्षिण कोरियाका मून जे–इन र किम जोङ उनबीच भएको शान्ति सम्झौताको उल्लंघन हो ।

सियोल संवाददाता लोरा बिकारको विश्लेषणः

यस्तो लाग्छ छि यसरी सबै सम्पर्क बन्द गर्नु सीमामा पर्चा आउनु नभई यो उत्तर कोरियाको एउटा ठूलो योजनाको हिस्सा हो ।

उत्तर कोरिया सायद पछिको कुराकानी अघि एउटा संकट खडा गर्न चाहन्छ ता कि त्यसबाट निम्तिएको समस्यामार्फत् लाभ लिन सकियोस् । बुझ्ने भाषामा भन्ने हो भने यो एक ध्यान आकर्षित गर्नका लागि सुरु गरिएको लडाईं हो, छिमेकीबाट केही सहायता लिनका लागि ।

उसले यस्तो खेल सन् २०१३ मा पनि खेलिसकेको छ । दक्षिण कोरियासँग थप फाइदा लिनका लागि उसले यस्तो गर्दै आएको छ ।

घरेलु स्तरमा हेर्ने हो भने यो ध्यान भड्काउने एउटा राम्रो तरिका पनि हो । किम जोङ उन आर्थिक समृद्धि प्रदान गर्न असफल रहेका छन् । कोभिड–१९ का कारण देशका विभिन्न हिस्सा प्रभावित भएको पनि बताइएको छ ।

राष्ट्रलाई एक दुश्मन दिएपछि मानिसहरुको समर्थन पाउन मद्दत मिल्छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यो नीतिमा किमकी बहिनीको पनि उदीयमान भएको छ । किम यो–जोङले सियोलसँग सम्बन्ध तोड्न आदेश दिएकी छिन् । यसले उनलाई एउटा प्लेटफर्म प्रदान गर्छ र उनी एक सम्भावित नेताको रुपमा तयार भइरहेकी छिन् भन्ने अड्कलबाजीलाई पनि बलियो आधार दिन्छ ।

तर यो मून प्रशासनका लागि निकै निराशाजनक हो । दुई वर्ष अघि आशाको किरणमा दुई नेता भेट्दा देशले उत्सव मनाएको थियो र फोन लाइन खोल्न राजी भएका थिए । अब उत्तर जाने कुनै पनि फोन कल्स उठाइनेछैनन् ।

यहाँ प्रश्न यो उठ्छ कि यदि उत्तर कोरियाको यस्तो योजना छ भने अब के होला ?

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप