केन्द्रीय संस्करण

सुस्वास्थ्यका लागि हाँसो

person explore access_timeजेठ २७, २०७७ chat_bubble_outline0

हाँसो मानिसका लागि  प्रकृतिको ठूलो बरदान हो । यो सृष्टिमा केवल मानव जाति नै मात्र हाँस्न सक्छ ।  हाँस्नु तथा मुस्कुराउनु प्रकृतिको सम्मान हो र स्वस्थ जीवनका लागि बरदान पनि  हो । हाँसो भित्री सुखको प्रतीक हो । हाँसो र खुशीमा ठूलो सम्बन्ध छ । हाँस्नुले आफूलाई त तृप्ति दिन्छ नै सगैं संगै रहेका अरुमा  पनि तृप्ति र प्रसन्नताको स्ांचार हुन्छ । हाँसो एक सकारात्मक सोचको खुलासा हो । रचनात्मक क्रिया हो । हाँसोले जीवनमा उल्लास,उमङ्ग,प्रसन्नता ल्याउँछ ।

हाम्रो जीवनमा सुख मात्र छैन दुःख पीडा र अवसादहरु पनि छन् । यी सबै अँध्यारा पक्षहरु हुन् ।  हामीभित्र दुःख चिन्ता अवसाद छन् भने हाम्रो अनुहार नै अँध्यारो देखिन्छ । त्यो अँध्यारो पनलाई पनि हाँसो र  प्रसन्नताले जित्न सकिन्छ । जसरी बत्ती बालेपछि अँध्यारो भाग्छ । उज्यालो हुन्छ । हामीले मनमनै दुःख पीडालाई जितेर हाँस्न मुस्कुराउन सक्यौं भने हामीमा दुःख पीडासित जुध्ने मानसिक शारीरिक क्षमता बढ्छ । हाम्रो मुलुकमा जति दुःख छ हामीसित हाँस्ने क्षमता पनि त्यक्तिकै छ । त्यसैले हामी नेपालीहरु अस्वस्थ वातावरणमा पनि तुलनात्मक रुपले स्वस्थ  रहन सकेका छौं । यो हाम्रो व्यावहारिक योग हो ।

हामी ठान्छौं  हाँसो  र चिन्ता दुई विपरीत कुरा हुन् । जहाँ चिन्ता हुन्छ त्यहाँ हाँसो रहन सक्दैन ।  सामान्यतः हो पनि,जहाँ चिन्ता हुन्छ त्यहा हाँसो रहन सक्दैन । जहाँ हाँसो हुन्छ त्यँहा चिन्ता हुदैन । चिन्ता भगाउन पनि जीवनमा हाँसोको उपयोग हुनु जरुरी हुन सक्छ । यस कोणबाट हेर्दा हाँसो पनि एक किसमको उपचार हो । हाँसो एउटा यस्तो थर्मामिटर पनि हो जसले तनावको स्थिति र मानसिक भावनात्कम स्थितिलाई नाप्न  समेत सक्छ ।

खित्का छोडेर हाँस्दा मानिसको शारीरिक एवम् मानसिक संस्थानहरुमा रहेको तनाव आश्चर्यजनक ढङ्गबाट हट्दछ । हाँस्दा नसा र मांसपेशीहरु विशेष रुपमा प्रभावित हुन्छन् । तिनीहरुबाट पर्याप्तरुपमा पाचनरसको स्राव बढ्छ । फोक्सोमा रगतको गति बढ्छ । रगत शुद्घ हुन्छ । यसबाट स्वास्थ्य पुष्ट हुन्छ । प्रसिद्घ स्वास्थ्य वैज्ञानिकहरुले राम्रो स्वास्थ्यको लागि हाँसोको महत्व बताएका छन् । विरामी हुँदाका बेलामा पनि मुस्कानले आत्मबल बढाउँछ । आत्मबलबाट छिटो स्वास्थ्य लाभ हुन सक्छ ।

हाँसोले मनलाई आनन्दित बनाँउछ । हाँसो भित्री खुसीको आवाहन हो,हो यसले अहङ्कार घटाउन पनि मद्दत गर्छ । हाँसोले नराम्रा भावना र विचारलाई पनि घटाउन मद्दत गर्छ । यसलाई सरल र सहज ध्यान पनि भन्न सकिन्छ । हाँस्नाले अनुहारमा एक प्रकारको चमक आउँछ । बत्ती बल्छ । जसले गर्दा अनुहार उज्यालो देखिन्छ । हाँसोले मुखको छालालाई तन्काउँछ र चम्किलो बनाउँछ ।  मानिस उज्यालो र स्फूर्तिवान् पनि देखिन्छ । हाँसोले शरीर र मनको रिर्चाज गर्छ । साथी सहयात्रीसंगको सम्बन्ध राम्रो बनाउँछ ।  परिवारसंग सम्बन्ध राम्रो बनाउँछ ।  खुशी हुनुको एउटा सरल माध्यम पनि हो हाँसो। यो विना पैसा शरीरको उर्जा बढाउने अनौठो औषधि हो । हाँस्दा हामी अनायास रुपमा पीर,चिन्ता,तनाव विसिन्छौ । हामी हास्यौ भने संसार हामीसंग हाँस्छ तर हामी रोयौं भने हामी एक्लै रुन्छांै ।

हिजो आज हाँसोलाई हास्यासन पनि भनिन्छ । हिजो आज कति आधुनिक चिकित्सकहरु  पनि विरामीलाई हास्य थेरापी दिन थालेका छन् । अहिले हास्य थेरापी विश्व व्यापी भएको छ । हास्य उपचारमा जानकारहरु भन्छन्विहान विहान दिल खोलेर ठूलो स्वरमा केही मिनेट हाँस्ने गर्नाले दिनभरीको लागि स्फूर्ति र तन्दुरुस्त रहन मद्दत गर्छ । हाँस्दा हाम्रो दिमाग तरोताजा बन्छ । हामी सोच्न बढी सक्ने हुन्छांै । हाम्रो ग्रहणशीलता बढ्छ । यसले दिमागलाई तनाव मुक्त गर्दछ ।  अवसाद (डिप्रेसन) चिन्ता र अनिन्द्रा निवारणका लागि सर्वोतम साधन हो हाँसो । यसले मानसिक र भावनात्मक क्षमतालाई वृद्घि गर्छ । यसले एकाग्रता बढउँछ,स्मरण शक्ति बढाउँछ । विद्यार्थीहरुमा परीक्षाको समयमा हुने तनावलाई कम गराँउछ । आत्मविश्वास बढाउँछ । श्वासप्रश्वासको  क्षमता बढाउँछ । सकारात्मक भावना बढाउँछ । रोग प्रतिरोधक क्षमता  बढाउँछ । माइग्रेन,रिस,शरीरका विभिन्न भागको दुखाइ लगायत विर्सिने रोगको लागि पनि हाँसोले औपधिको रुपमा काम गर्छ । दिमागको सम्पूर्ण रुपमा आरामको लागि सजिलो तरीका हाँसो नै हो । यसले शरीरमा भएको रगत संचालनलाई र अक्सिजन लेभललाई सही ढगले नियन्त्रण गर्छ र मुटु रोग लाग्नबाट बचाउँछ । उच्च रक्तचापको विरामीलाई पनि तनाव मुक्त गराउँछ र रक्तचाप नियन्त्रणमा ल्याउन मद्दत गर्छ । हाँसोले आस्थमाको विरामीलाई पनि फाइदा गर्छ । हाँस्नाले छातीका इन्फेक्सन हुने दरलाई पनि घटाउँछ । यसले कफलाई घटाउँछ र फोक्सो सफा गर्छ । फोक्सोको क्षमता वृद्घि गर्छ । पेट आन्द्रा ठूलो आन्द्राको राम्रो मसाज गर्छ । एक भनाई  पनि छ,दिन दिनै मस्त सँगले दिल खोलेर हाँस्नुस् डाक्टर कहाँ जानै पर्दैन।

खप्तड बाबाका अनुसार एक पटक एउटा व्यक्ति धेरै समय देखि विरामी परिरहेको थियो । एक दिन बरण्डामा सुतिरहेको थियो। उसले  औषधि खानको लागि नजिकै ल्याएर राखेको थियो । यति बेला एउटा बाँदर आएर उसको त्यो औषधि स्वट्टै खाईदियो । त्यो अत्यन्त तीतो औषधि थियो । वाँदरले त्यो खाने वित्तिकै अमिलो अनुहार बनायो,उफ्रियो । करायो ।  यो देखेर विरामी मरी मरी हाँस्यो । हाँस्दा हाँस्दै  यति हाँसे यती हाँसे की हाँस्दा हाँस्दा त्यो विरामी स्वस्थ भयो ।

नवजात शिशुहरु एक दुई महिनाबाट नै हाँस्न सुरु गर्छन् । भनिन्छ साना बालबालिकाहरु दिनमा दुई तीन सय पटकसम्म हाँस्छन् । तर विस्तारै उमेर बढ्दै जान्छ त हाँसोमा पनि कमी आउँदै जान्छ । बालमनोवज्ञानीहरु भन्छन् बाल बालिकालाई नियमित रुपमा हाँसोखुसीको वातावरण दिनुपर्छ भन्नेजस्तो महत्वपूर्ण कुरामा हामी ध्यान दिन भ्याउदैनौ । अन्यथा बालबालिकाहरु निद्राबाट बिउँझिदा पनि मुसुक्क हाँदै व्यूँझन्छन् । हामीले सधै बालक नै हुने कोशिश गर्नुपर्छ । हामीले काेिसस ग¥यौ भने हाँसोको मात्रा बढाउन सक्छांै । हामी जति हाँस्न विसिर्दै जान्छौ त्यति नै हामी रोगी बन्दै जान्छौं । 

 

 

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.