शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एम्बुलेन्स दुर्घटनामा कोरोना सङ्क्रमित घाइते

मङ्गलबार, २७ जेठ २०७७, १० : १७
मङ्गलबार, २७ जेठ २०७७

कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।  

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको  हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप