आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही सामूहिक हत्याकाण्ड अपडेटः हत्या भएकाहरुको घाँटीमा धेरै चोट

मङ्गलबार, २७ जेठ २०७७, ०९ : २३
मङ्गलबार, २७ जेठ २०७७

बुटवल – रुपन्देहीको तिलोत्तमा–१० मैनहियामा कोदालो प्रहारबाट हत्या गरिएका ५ जनाको घाँटीमा चोट देखिएको छ ।

हत्या गरिएकाहरुमा माधव मुसहर ४० , उनकी श्रीमति जानकी मुसहर ३७ बर्ष कोषराज मुसहर, १४ ,करन चौधरी  १७ र आशिष चौधरी १७ रहेका छन् । 

गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गए राति  कोदालो प्रहार गरेका हुन् ।  करण र आशिष चौधरी कामदार नभएर फर्ममा बस्न गएका रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले रातोपाटीलाई बताए ।  

थापाले भने,  ‘अहिले हेर्दा धेरैको घाँटीमा चोट देखिन्छ । तर अरु चोटबारे  पोष्टमार्टम रिर्पोटबाट खुल्नेछ ।’ 

उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले हत्याको आशंकामा सुर्खेतका लगभग ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ । उनलाई अस्पताल लैँजान लागिएको छ । 

मृतकहरुको पोष्टमार्टम बुटवलको लुम्बिनी प्रादेशिक  अस्पतालमा गरिने र घटनाको छानविन गर्नको लागि प्रदेश प्रहरी कार्यालयबाट एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको  छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप