केन्द्रीय संस्करण

लकडाउनमा मैले त्यो गरेँ, जुन कहिल्यै गरिनँ

person explore access_timeजेठ २७, २०७७ chat_bubble_outline0

लकडाउनमा यस्ता थुप्रै कुरा भएका होलान् जुन तपाईंले कसैलाई भन्न सकिरहनुभएको छैन होला । बीबीसीले केही हप्ता अघि मानिसहरुलाई उनीहरुको लकडाउनको कन्फेशन पठाउन आग्रह गरेको थियो ।

घरमा बन्द भएका कारण हामी सबैले केही न केही छोड्नु परेको छ । तपाईंका केही नयाँ गिल्ट सिक्रेट पनि होलान् जुन तपाईं कसैलाई भन्न खोजिरहनुभएको हुनसक्छ, तपाईंमध्ये कतिले नियम तोड्नुभएको पनि होला, यस्तै कतिले आफ्नो लागि नियम पनि बनाउनुभएको होला ।

बीबीसीले त्यहि कहानी सार्वजनिक गरेको छ । यहाँ उनीहरुको पहिचान लुकाइएको छ ।

‘मैले आफ्नो कामको लागि बनाएको एउटा प्रजेन्टेशन छोराको होमवर्कको रुपमा पठाइदिएँ । किनभने उसले आफ्नो होमवर्क गर्न बिर्सेको थियो । यसका लागि छोराको निकै तारिफ भयो ।

मेरो छोरा ९ कक्षामा पढ्छ । उसले केही होमवर्क गनुैपर्ने रहेछ । धेरैजसो अवस्थामा मैले नै उसलाई होमवर्क गर्न मद्दत गर्छु, तर त्यसदिन म अन्य केहि काममा व्यस्त थिएँ र उसले समय बितिसक्दा पनि प्रेजेन्टेशन बनाएको थिएन ।

म आइटीका विद्यार्थीलाई पढाउँछु । त्यसकारण मैले उनीहरुका लागि बनाएको एउटा प्रेजेन्टेशन छोरालाई दिएँ र उसलाई त्यस्तै केही बनाउन भनेँ । तर उसले त्यसमा केही परिवर्तन गरेनछ, बाहिर लेखेको नाम बाहेक ।

उसको शिक्षकले यो उमेरका बच्चाले यति राम्रो काम गरेको आफूले कहिले पनि नदेखेको बताइन् । छोराले यसका लागि पूरा नम्बर पायो र स्कूलको न्यूजलेटरमा पनि यसबारे कुरा भयो ।

अहिले मैले उसको होम–स्कूलिङ वर्कका लागि थप मिहिनेत गर्नुपर्छ । यसका लागि मेरो मनमा अपराधबोध पनि छ ।

मैले पहिलो पटक यस्तो गरेकी थिएँ । मेरो छोरा यसका लागि निकै खुसी छ । मैले उसलाई भनेको छु कि यो एकपटक मात्र भयो अब यस्तो कहिले पनि हुनेछैन ।

सुपरमार्केटबाट ल्याइएको सबै सामान मैले राम्रोसँग सफा गरेँ –सासुका लागि मगाएको सामानबाहेक

म भाग्यमानी छु कि किरानाको सामान मेरो घरसम्मै आइपुग्यो । यसमा मैले आफ्नी वृद्धा सासुका लागि पनि सामान मगाएकी थिएँ ।

सबै सामान एक एक गरी धुनु एक किसिमको टाउको दुखाई पनि थियो । त्यसकारण मैले आफ्नो सासुका लागि मगाएको सामान नधोइकनै झोलामा हालिदिएँ र उहाँलाई दिएँ ।

त्यसको केहि बेरमा नै उहाँ बाहिर निस्कन लागेको मैले देखेँ । त्यतिबेला मेरो दिमागमा आयो कि उहाँलाई कोरोनाभाइरसको संक्रमण त जताबाट पनि सर्न सक्छ ।

मलाई अपराधबोध भयो । मैले उहाँलाई मार्ने कोसिस त गरिरहेकी थिइनँ । उहाँले मलाई सामान दिनुअघि डिसइन्फेक्ट गरेँ कि गरिनँ भनेर पनि सोध्नुभएन । यदि सोध्नुभएको भए, म साँचो कुरा बताउँथे ।

‘म असाध्यै डराइरहेकी हुन्छु । हरेक कुरालाई डिसइनफेक्ट गरिरहन्छु । तसर्थ मैले सोचेँ कि ‘म आफ्नो सामान डिसइनफेक्ट गर्छु र उहाँको छोडिदिन्छु । यो सोचेर कि आफ्नो सामानको डिसइनफेक्ट उहाँ आफैंले गर्नुहुन्छ ।’

म गाडी चलाएर आफ्नो हजुरबुवा हजुरआमाको घरमा बर्थडे केक दिन पुगेँ

अप्रिलको सुरुवातमा मेरा दुई छोराको जन्मदिन थियो र कोरोना कालमा अत्यावश्यक काम बाहेक बाहिर जानेबारे हामीले सोच्नै हुन्नँ ।

तर म आफ्ना छोराहरुको बर्थडे केक दिन हजुरबुवा–हजुरआमा भएठाउँ गएँ । तर मैले उहाँहरुलाई केक दिएर ढोकाबाटै फर्किएको थिएँ ।

साधारणतया जन्मदिनको मौकामा हाम्रो पूरा परिवार जम्मा हुने गर्छौं, तर यो वर्ष यस्तो हुन सकेन ।

तर जब म त्यो दिनलाई पुनः स्मरण गर्छु तब म सोच्छु कि यदि सबैले मैले गरेजस्तै गरेको भए अहिले हामी अर्कै परिस्थितीमा हुन्थ्यौं । तर मलाई आफ्नो त्यो व्यवहारबारे खासै नराम्रो पनि लागेन किनभने मेरा हजुरबुवा–हजुरआमा निकै खुसी हुनुभएको थियो । उहाँहरु सबैसँग घुलमिल भएर बस्नुपर्ने किसिमको हुनुहुन्छ तर अहिले एकदमै एक्लो हुनुभएको छ, त्यसकारण मलाई लाग्यो कि केक दिन जाँदा सायद उहाँहरु खुसी हुनुहुन्छ होला ।


मेरा श्रीमान् एक वर्क भिडियो कलमा हुँदा मैले उनलाई कपडा खोलेर आफ्नो स्तन देखाएँ, मैले बिर्सिएको थिएँ कि उनी ऐना अगाडि बसेका थिए

लकडाउनका बेला मेरा श्रीमान् घरबाटै काम गरिरहेका छन् । उनका अफिसका अन्य कर्मचारी पनि घरबाटै काम गरिरहेका छन् । मैले सोचेँ कि कुनै दिन उनी अत्यावश्यक टेलिकन्फरेन्समा भएका बेला म ठट्टाको रुपमा आफ्नो टप खोलेर उनलाई आफ्नो स्तन देखाउनेछु ।

र मैले यस्तो केही क्षणका लागि गरेकी थिइनँ, निकै बेरसम्म मैले टप माथि उचालेकी थिएा । तर पछि स्थिती असहज भयो ,

मलाई महसुस भयो कि उनको टाउको पछाडि एउटा ठूलो ऐना छ र म आफ्नो श्रीमानको अगाडि थिएँ, उनको कम्प्युटर स्क्रिनको पछाडि म यस्तो गरिरहेको थिएँ ।

उनीसँग जतिपनि व्यक्ति कन्फरेन्स कलमा थिए, उनीहरु सबैले ऐना पछाडि त्यो सबै देखेका होलान् ।

कन्फरेन्स कलमा भएका अन्य मानिसहरुले मेरो व्यहार सबै देखेपनि नदेखेझैं गरेका होलान्् । मलाई लाग्छ कि कतिले त मेरोबारे कुरा पनि गरेका होलान् ।

मेरा श्रीमान् त्यस्तो केहि पनि भएको छैन भनेर यो कुरालाई खासै वास्ता दिएनन् । त्यतिबेला नहासे पनि पछि मेरो कुरा सुनेर भने उनी निकै हासे ।

मैले यति रक्सी पिएँ कि मैले बिर्सिएको थिएँ कि म एक्लो छु

म आफ्नो फ्ल्याटमा एक्लै बस्छु । कसैले मेरो ढोकामा सामान पुर्याउन आउँदा मात्रै मैले मानिस देख्न पाउँथे ।

म आफ्ना साथीहरुसँग भिडियो च्याट गर्छु तर पनि मलाई चाहिएका बेला उनीहरु मेरो अगाडि हुँदैनथे ।

मैले एउटा वाइन वेबसाइट भेटँ जसमा राम्रो वाइन राम्रो दाममा पाइएको थियो । मैले त्यहाँबाट असाध्यै धेरै वाइन खरिद गरेँ ।

जब एक्लो हुँदा मलाई नराम्रो महसुस हुन्थ्यो तब म एक वा दुई गिलास वाइन पिउँथे । कतिपटक त पूरै एक बोतल नै पिउँथे ।

यो थोरै दुःखद हो तर मलाई लाग्छ कि यसले हामीलाई फ्राइडे नाइटबारे थाहा पाउने सुविधा पनि दिएको छ । सबैभन्दा ठूलो भिन्नता यो हो कि बार अब मेरै घरमा छ र मानिसहरुको भीडभाड पनि छैन ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.