पूर्वसभामुख कृष्णबहादुर महराको फेरियो जीवनशैली
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर हलो समाएर जोतिरहेको उक्त तस्बिरका बारेमा विभिन्न सकारात्मक र नकारात्मक टिप्पणीहरु पनि भैरहेका छन् । केही दिनअघि रोल्पा पुगेका महरा अहिले खेतपातीमा व्यस्त रहेको बताइन्छ । उनी बिहान र बेलुका खेतीपातीमा व्यस्त हुने र दिउँसो छलफलमा व्यस्त हुने गरेका छन् ।
महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । उनी त्यही पाखोलाई उर्बर बनाएर खेती गर्न लागेको उनी निकट स्थानीयवासीको भनाई छ । गृहजिल्ला रोल्पा भएपनि महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी दाङका स्थानीय नेता–कार्यकर्तासँगको भेटघाटमा समेत व्यस्त हुने गरेका छन् । महरा सभामुख पदमा रहेकै बेला यौन दुराचारको आरोप लागेपछि गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । फोटो सौजन्य : पाण्डव शर्मा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री