बेलायतमा कोरोनाबाट ५५ जनाको मृत्यु, लकडाउनयताकै सबैभन्दा कम
सोमबार, २६ जेठ २०७७, २२ : ३०

लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मात्र मृत्यु भएको छ । गत मार्च २३ मा लकडाउन शुरु भएयता एक दिनको अवधिमा भएको मृत्युको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा न्यून हो । हिजो आइतबार कुल ७७ जनाको मृत्यु भएको थियो । उक्त संख्या स्कटल्याण्ड र नर्दन आयरल्याण्ड सहितको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । त्यस्तै केयरहोममा पनि गत हप्ताको तुलनामा मृत्युदर पचास प्रतिशत कम भएको बताइएको छ ।
यससँगै हालसम्म देशभरमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या ४० हजार ५ सय ९७ पुगेको छ । यसैगरी, बेलायतमा पछिल्लो एक दिनमा थप १२ सय ५ संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको जम्मा संख्या २ लाख ८७ हजार ३ सय ९९ पुगेको छ । बेलायतमा पछिल्लो समयमा मृत्युदर र नयाँ संक्रमण दुवै निरन्तर घट्दै गइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
-
तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ