अफगानिस्तानको आन्तरिक वार्ता दोहामा हुने
एजेन्सी । अफगानिस्तानको सरकारी पक्ष र तालिवान विद्रोही पक्षबीच वार्ता हुने भएको छ । टोलो न्यूजका अनुसार वार्ता हुने निश्चित गरिएपनि मिति भने तय भइनसकेको अधिकारीहरुले जनाएका छन् ।
वार्ता हुनु अगाडि सरकारले पाँच हजार तालिवान कैदीहरुलाई जेलमुक्त गर्ने सहमति जनाइसकेको छ । तालिवान विद्रोही समूहको विश्वस्त श्रोत र सरकारी पक्षको श्रोतले दिएको आधारमा समाचार सम्प्रेषण गरिएको टोलो न्यूजले उल्लेख गरेको छ ।
‘यस प्रक्रियाका लागि अफगानिस्तान सरकारले महत्वपूर्ण कदम चालेको छ, वार्ताका लागि अफगानी सरकारको टोली तयारी अवस्थामा रहेको छ’ राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीलाई समाचारमा उद्धृत गरिएको छ ।
आफुहरु राष्ट्रिय हितलाई मध्यनजर गर्दै शान्ति वार्ताका लागि बलियोसँग उभिन तयार रहेको पनि उनको भनाइ छ । अहिलेसम्म अफगानिस्तान सरकारले दुई हजार ७०० तालिवानी कैदीहरुलाई रिहा गरेको छ भने तालिवानी पक्षले ४५८ जना सरकरी पक्षका मान्छेहरुलाई रिहा गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
-
रास्वपाकी नेतृ एमाले प्रवेश
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु