बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको आन्तरिक वार्ता दोहामा हुने

सोमबार, २६ जेठ २०७७, १८ : ३२
सोमबार, २६ जेठ २०७७

एजेन्सी । अफगानिस्तानको सरकारी पक्ष र तालिवान विद्रोही पक्षबीच वार्ता हुने भएको छ ।  टोलो न्यूजका अनुसार वार्ता हुने निश्चित गरिएपनि मिति भने तय भइनसकेको अधिकारीहरुले जनाएका छन् । 

वार्ता हुनु अगाडि सरकारले पाँच हजार तालिवान कैदीहरुलाई जेलमुक्त गर्ने सहमति जनाइसकेको छ ।  तालिवान विद्रोही समूहको विश्वस्त श्रोत र सरकारी पक्षको श्रोतले दिएको आधारमा समाचार सम्प्रेषण गरिएको टोलो न्यूजले उल्लेख गरेको छ । 

‘यस प्रक्रियाका लागि अफगानिस्तान सरकारले महत्वपूर्ण कदम चालेको छ, वार्ताका लागि अफगानी सरकारको टोली तयारी अवस्थामा रहेको छ’ राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीलाई समाचारमा उद्धृत गरिएको छ ।
 
आफुहरु राष्ट्रिय हितलाई मध्यनजर गर्दै शान्ति वार्ताका लागि बलियोसँग उभिन तयार रहेको पनि उनको भनाइ छ । अहिलेसम्म अफगानिस्तान सरकारले दुई हजार ७०० तालिवानी कैदीहरुलाई रिहा गरेको छ भने तालिवानी पक्षले ४५८ जना सरकरी पक्षका मान्छेहरुलाई रिहा गरिदिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप