बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२० पुग्यो

सोमबार, २६ जेठ २०७७, १८ : २२
सोमबार, २६ जेठ २०७७

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणको थप ५ नयाँ केस भेटिएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रेस विज्ञप्ति जारी गर्दै नवलपुरको गैडाकोट र कावासोती नगरपालिकामा गरि ५ संक्रमित थपिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ३३ र ३९ वर्षका २ पुरुष र सोही जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २१ र ४० वर्षका दुई पुरुष त्यसै गरि ६३ वर्षिय महिलामा गरि जम्मा ५ जना संक्रमित थपिएका छन् ।

संक्रमित पाँचै जनलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ । आज बिहान मात्रै गण्डकी प्रदेशमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको शव अन्त्येष्टिको भने अझैं सम्म टुंगो लाग्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप