घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु
सोमबार, २६ जेठ २०७७, १६ : ५८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा घरको बरण्डाबाट खसेर एकजनाको मृत्यु भएको छ ।
आफ्नै घरको बरन्डामा तीनमहिने नातिलाई खेलाइरहेका अवस्थामा रिंगटा लागेर घरको एक तल्लामाथिबाट खसेपछि घाइते भएका ४४ वर्षीय कुलबहादुर लामाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते शिशुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणको कार्य भइरहेको र परीक्षणपछि आफन्तालाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारणा गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा संलग्न सबैमाथि अनुसन्धान गर्न लेखा उपसमितिको सुझाव
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले