दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुल्ने
एजेन्सी । गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ । सोहीअनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरु सोमबारदेखि खुला गरिएको बताइएको छ ।
नयाँ दिल्लीबाट प्राप्त समाचारमा त्यहाँको जामा मस्जिदलगायत अरु धेरै धार्मिकस्थलहरुका साथै साइबाबा मन्दिर र गुरुद्धारा पनि खुला गरिएको बताइएको छ । तर सोमबार बिहानै भने यहाँको जामा मस्जिदमा धेरै भक्तजनहरुको उपस्थिति भने नदेखिएको पनि सो समाचारमा जनाइएको छ ।
नयाँ दिल्लीका यी धेरैजसो मन्दिरहरु आज खुलेको भएपनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरु जम्मा भएका थिए । तर त्यहाँ पुगेकाहरुले भने आफूहरुले लामो समयपछि मन्दिर पुगेर पाठपूजा गर्न पाउँदा निकै खुसी भएको बताएका थिए ।
ती मन्दिर तथा तीर्थस्थलहरुमा पुगेका नागरिकहरुलाई स्यानिटाइजर तथा दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउन भनिएको थियो । उनीहरुलाई आवश्यक स्वास्थ्य मापदण्डहरु पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत