बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गौरीका लागि आफ्नो करियर छोड्न तयार थिए शाहरुख खान, गरिसकेका थिए यस्तो घोषणा

सोमबार, २६ जेठ २०७७, १३ : ५७
सोमबार, २६ जेठ २०७७

शाहरुख खानलाई बलिउडका बादशाह भनिन्छ । उनले फिल्म इन्डष्ट्रिमा आफ्नो भिन्न पहिचान बनाउन सफल भएका छन् तर एक समय उनले गौरी खानलाई पाउनका लागि आफ्नो करियरसमेत दाउमा लगाएका थिए  ।

अनुपमा चोपडाले एउटा किताब लेखेकी छिन् ‘किङ अफ बलिउडः शाहरुख खान’ र ‘सिडक्टिभ वर्ल्ड अफ इन्डियन सिनेमा’ । यसमा उनले शाहरुख खान र गौरी खानको लभ स्टोरीको चर्चा गरेकी छिन् ।

अनुपमाले किताबमा लेखे अनुसार शाहरुख खान गौरीका लागि निकै पजेसिभ थिए त्यसकारण डेटिङका बेला गौरीले उनलाई छोडिदिएकी थिइन्  । तर पछि गौरीले शाहरुखलाई माफीसमेत दिइन् । शाहरुख खानले गौरीका अभिभावकलाई विवाहका लागि मनाएका थिए । यी सबै कुरा यो किताबमा वर्णन गरिएको छ ।

म विवाह सार्दिनँ बरु फिल्म नै छोडिदिन्छुः शाहरुख

शाहरुख र गौरीले सन् १९९१ मा विवाह गरेका थिए । यो त्यहि समय थियो जब शाहरुख खान फिल्म इन्डष्ट्रिमा ‘दिवाना’ बाट डेब्यू गर्ने तयारीमा थिए । फिल्म निर्माता एफ.सी मेहराले फिल्म ‘चमत्कार’ रिलिज नभएसम्म विवाह रोक्नका लागि आग्रह गरेका थिए तर शाहरुख खानले विवाह सार्नु परे फिल्म नै छोडिदिन्छु भनिदिए ।

सन् १९९२ मा स्टारडस्टलाई दिएको अन्तरवार्तामा शाहरुख खानले भनेका थिए, ‘मेरो जीवनमा मेरी श्रीमती सबैभन्दा पहिलो प्राथमिकता हो र भविष्यमा पनि मलाई यदि कसैले गौरी र करियरमध्ये एउटा मात्रै छान्नुपर्छ भनेको खण्डमा म फिल्म छोडिदिन्छु, यसको अर्थ यो हो कि म उनको लागि पागल छु । मसँग एउटै मात्रै कुरा छ र ती हुन् गौरी । म उनीसँग जोडिएको छु र उनलाई असाध्यै माया गर्छु ।’

यतिबेला शाहरुख खान आफ्नो परिवारसँग समय बिताइरहेका छन् । केही समयअघि एक अन्तरवार्तामा गौरीले शाहरुखले फिल्मबाट ब्रेक लिएर बच्चाको हेरविचार गर्ने निर्णय गरेको जानकारी दिएकी थिइन् । यस्तै, गौरी एक डिजाइनिङ कम्पनीसँग आबद्ध छिन् । गौरीले भनेकी थिइन्, ‘यो गर्नु अत्यावश्यक छ । शाहरुखले ब्रेक लिने समय आइसकेको छ । मलाई खुसी लागेको छ, म अब घुम्न सक्छु किनभने शाहरुख अब घरमा बसेर अबरामको हेरविचार गरिरहेका छन् र उनी हाम्रा बच्चासँगै छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप