भक्तपुरमा मिनिट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुर । मिनिट्रक दुर्घटना हुँदा भक्तपुरमा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार घटनामा परेर घाइते भएका बा ५ ख ३११ नं. को मिनिट्रकका चालक लाछिवाको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार राती १० बजे चागुँनारायण न.पा. वडा नं. ३ कालीखोला स्थित कालीघाटमा व्यासीबाट झौखेलतर्फ जादै गरेको महाशक्ति इँटा भट्टाको मिनिट्रक दुर्घटनामा परेको थियो ।
महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको मोबाइल गस्तीको टोलीले गाडीले नै च्यापिएको अवस्थामा रहेका लाछिवाको क्रेनको सहयोगमा निकालिएको प्रहरीेले जानकारी दिएको छ ।
क्रेनको सहयोगमा गम्भीर घाईते भएका लाछिवालाई डा. ईवामुरा अस्पताल सल्लाघारी पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।
चालकको लापरवाही तरिकाले तीब्र गतिमा सवारी चलाउदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'