बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको ७७ औँ दिन : खुल्न थाले पसल, बढ्न थाल्यो चहलपहल (फोटोफिचर)

सोमबार, २६ जेठ २०७७, ११ : ५१
सोमबार, २६ जेठ २०७७

सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्त सम्म लम्ब्याएको छ । लामो समयसम्म लकठाउन भएपछि जनजीवनसँगै आर्थिक जीवनमा समेत असर पर्न थालेका कारण केहीदिन यता मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कन थालेका छन् । जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।

उपत्यकाका भित्रि सडकहरुमा पनि सवारी साधन र मानिसहरुको आवागमन देखिन्छ । खाद्य सामग्रीका साथसाथै अन्य पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेको देखिन्छ  ।

हेरोँ न्युरोड तथा असन क्षेत्रमा चहलपहलका दृश्यः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप