न्यूजिल्याण्डले कोरोनाभाइरसलाई कसरी हरायो ?

न्यूजिल्याण्डमा कुनैबेला १५ सय बढी कोरोनाभाइरसका संक्रमित थिए तर अब त्यहाँ कोरोनाका एकजना पनि सक्रिय संक्रमित छैनन् । न्यूजिल्याण्डले कोरोनालाई हराएको बताइन्छ ।
अब प्रश्न यो उठ्छ कि न्यूजिल्याण्डले आखिर कसरी यस्तो गर्यो ?
यसको पहिलो कारण त देशमा तीब्र र व्यापक रुपमा लकडाउन लागू गरिएको थियो । देशले मार्च १९ देखि सीमा बन्द गरेको थियो, त्यतिबेला देशमा ३० जना मात्रै संक्रमित देखिएका थिए ।
त्यसको एक दिनपछि हाई अलर्ट घोषित गर्दै देशमा कडा लकडाउनको घोषणा गरियो ।
पाँच हप्ताको कडा लकडाउन पछि पहिलो पटक खानेकुराका पसल र व्यापारिक प्रतिष्ठान खोल्ने अनुमति दिइएको थियो ।
त्यसपछि अप्रिलको अन्त्यमा संक्रमण लगभग शून्य भयो र देश प्रतिबन्ध हटाउन सक्षम रह्यो ।
भाइरस यो देशबाट बाहिरिएको जस्तो देखिन्छ तर प्रधानमन्त्री जसिन्डा अर्डर्नले सीमा तत्कालका बन्द रहने बताएकी छिन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड