ad
x

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा स्वदेशबाट भित्रिएकालाई अलग्गै क्वारेन्टिन

person explore access_timeजेठ २६, २०७७ chat_bubble_outline0

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकाले स्वदेशबाटै जिल्ला भित्रिएकालाई बस्न अलग्गै क्वारेन्टिन निर्माण गरेको छ । भारतबाट आएकाहरुलाई तीन स्थानमा क्वारेन्टिन निर्माण गरेकोमा स्वदेश भित्रबाट घर आउनेका लागि एक क्वारेन्टिन निर्माण गरेको हो ।


पछिल्लो समयमा भारतबाट भित्रिनेहरुमा कोराना संक्रमण देखिएपछि स्वदेश भित्रबाट आउनेलाई छुट्टै क्वारेन्टिन निर्माण गरिएको कनकासुन्दरी गाउँपालिका नरबिर रावतले जानकारी दिए । 



उनका अनुसार कनकासुन्दरी ४ मा दुई क्वारेन्टिन निर्माण गरिएको छ ।



गाडीमा आउने हरेकलाई गोठी जिज्युला प्रहरी चौकीले पहिचान गर्छ । स्वदेशको भए हाड सिंजा  हस्पिटल  पठाउँछ । विदेशको भए  भारतबाट आउनेहरु निकै जोखिममा रहेकोले नियमित स्वास्थ्य जाँच र पिसिआर परिक्षण गर्न सहज होस भनेर सिधै जिल्लास्तरीय क्वारेन्टिनमा पठाउने गरिएको छ ।



वडाध्यक्ष रबिलाल आचार्य क्वारेन्टिन व्यवस्थापनका लागि कुनै कसुर बाँकी नराखेको बताउँछन् । हाल ५३ जना भारतबाट गाउँ फर्केकाहरु क्वारेन्टिनमा बसेका छन् । भारतबाट आएकाहरु बढी संक्रमित देखिएकोले स्वदेश तथा विदेशबाट फर्किनेहरुका लागि छुट्टा–छुट्टै क्वारेन्टिन निर्माण गरिएको  नि. प्रमुख प्रशासकिय अधिकृत  बिपिन  प्रसाद अधिकारी बताउँछन् ।



‘स्वदेश भित्रबाट आउने पनि एक्कासी भित्रिन थाले । आउनपूर्व जानकारी दिँदैनन्,’  नि प्रमुख प्रशासकिय अधिकृत अधिकारी  भन्छन्, ‘एक्कासी आउँदा व्यवस्थापनमा निकै समस्या हुने गरेको छ । तर स्थानीय युवाको साझेदारीमा क्वारेन्टिन व्यवस्थापन भइरहेको छ ।’



क्वारेन्टिनमा बसेकाहरु पनि व्यवस्थापन सन्तोषजनक रहेको बताउँछन् । उनीहरु भन्छन्, ‘यो क्वारेन्टिनमा व्यवस्थापन, व्यवहार र सम्पर्क निकै सन्तोष नै छ । ’ यहाँ भारतबाट भित्रिनेका लागि स्वास्थ चौकी कोटघर  इलाका स्वास्थ चौकी  हाड सिंजा भैले पाटा  आधारभूत विद्यालय लेकपोर  क्वारेन्टिन निर्माण गरिएको छ । यी तीनै क्वारेन्टिनमा कनकासुन्दरी गाउपालिका भारतबाट आएकाहरु एक सय भन्दा बढी बसेका छन् ।

भारतबाट आउनेका लागि जिल्लास्तरीय क्वारेन्टिन समेत निर्माण भएका छन् । अहिले सबै क्वारेन्टिनमा भारतबाट आएकाहरु नै बसेका छन् । यहाँका हरेक स्थानीय तहले भारतबाट आएका र स्वदेशबाट आएका बीच फरक–फरक क्वारेन्टिन निर्माण गरिएको छ ।

जेठ १९ गते भारतबाट आएकाहरु मध्ये १७ जनाका कोराना संक्रमण देखिएपछि अलग्गै क्वारेन्टिन बनाउने कार्यमा स्थानीय तह जुटेका हुन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।