शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा रंगभेद विरोधी आन्दोलन चर्किरहेका बेला बलिउड कलाकारका दुई रुप

आइतबार, २५ जेठ २०७७, २२ : ३४
आइतबार, २५ जेठ २०७७

एजेन्सी । अस्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी दमनका कारण भएको मृत्युपछि विश्वभर रंगभेद विरोधी आन्दोलन चर्किएको छ । यस घटनापछि बलिउडका कलाकारहरुले पनि रंगभेद विरुद्धको प्रदर्शनमा सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाएका छन् ।  तर, उल्टै उनीहरुको विरोध भएको छ । ‘छाला गोरो बनाउने’ भनिएका क्रिमको विज्ञापनमा खेलेको भूमिकाका कारण उनीहरुको विरोध भएको हो ।  

दिशा पाटानीले गत साता ट्वीट गरिन्– ‘सबै रंगहरु सुन्दर छन् ।’ जवाफमा ट्वीट प्रयोगकर्ताले उनलाई पन्ड कम्पनीको ‘फेयरनेस बीबी क्रिम’ सम्झाए, छाला गोरा बनाउने भनिएको यस क्रिमको विज्ञापनमा उनले अभिनय गरेकी छिन् । 
‘तपाई फेयरनेस क्रिमको विज्ञापनमा खेल्नुहुन्छ, जसले ज्यादा गोरोपन....भन्छ,’ एक प्रयोगकर्ताले जवाफ लेखे । 

गार्नियर स्किन ब्लिचिङ क्रिमको विज्ञापनमा देखिएकी प्रियंका चोपडाले पनि फ्लोइको पक्षमा समर्थन जनाउँदा इन्स्टाग्राममा यस्तै नियति भोग्नुपर्यो । ‘ माफ गर्नुहोला तपाईले कहिल्यै गैरन्यायिक हत्या, कास्मिर लकडाउन, समलिङ्गी विरोधी फिल्म वा कलाकार,महिलाविरोधी विरुद्ध बोल्नुभएन,’ एक प्रयोगकर्ताले लेखेका छन् ।  

गत वर्ष कास्मिरको स्वायत्त हैसियत खोस्ने र त्यहाँ सेना परिचालन गर्ने भारत सरकारको निर्णयको सार्वजनिक रुपमा समर्थन गर्दा चोपडाको ठूलो आलोचना भएको थियो । विवादास्पद क्षेत्र काश्मिरमा भारत र पाकिस्तान दुबैको दाबी छ ।  गोरो बनाउने भनिएको क्रिम, जसले छालामा असर गर्छ र रंगभेद बलिउडमा नौलो विषय होइन । बलिउडका ठूला स्टार शाहरुख खानले समेत ‘फेयर एन्ड ह्यान्डसम’ लगायतका गोरो बनाउने क्रिमका विज्ञापन खेलेका छन् । 

एक प्रयोगकर्ता लेख्छन्, ‘भारतमा सबैभन्दा ठूलो रंगभेद नै बलिउडमा छ । तपाईको छाला कालो छ भने स्टार बन्ने विषय बिर्सनुस् । धेरै अभिनेता तथा अभिनेत्री गोरोपन बढाउने उत्पादनको प्रवद्र्धनमा जोडिएका छन् । यी पागलहरु अहिले अमेरिकाको रंगभेदबारे बोल्दैछन् । यो ढोंग उत्रियोस् ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप