शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बच्चाको रेखदेखको जिम्मा लिएकी महिला कुकुर घुमाउन निस्किइन्, छतबाट खसेर गयो बच्चाको ज्यान

आइतबार, २५ जेठ २०७७, २२ : २४
आइतबार, २५ जेठ २०७७

एजेन्सी । अमेरिकामा अश्वेत व्यक्तिको मृत्युपछि नश्लवादको विरोध गर्दै आन्दोलन भइरहेको छ र अहिले यो आन्दोलनको आँधी ब्राजिलमा पनि पुगेको छ । यहाँ गत मंगलबार छतबाट खसेर ५ वर्षका अश्वेत बालकको ज्यान गएको थियो । यसैको विरोधमा शुक्रबार सयौं मानिस सडकमा उत्रिए । 

सिसिटिभी फुटेज अनुसार यी बच्चाकी आमा त्यही अपार्टमेन्टमा काम गर्थिन्, जहाँ माथिल्लो तलाबाट खसेर बच्चाको ज्यान गयो । मिडिया रिपोर्टअनुसार यी बच्चालाई एक श्वेत महिलाको रेखदेखमा छाडेर आमा काममा खटिएकी थिइन् । कोरोना भाइरसका कारण स्कुल बन्द भएकाले ५ वर्षीय मिगुइल डि सिल्भा आफ्नी आमासँगै गएका थिए । 

जब स्वेत महिला कुकुर घुमाउन निस्किइन् 
एक जर्मन न्युज वेभसाइटकाअनुसार अश्वेत बच्चालाई छाडेर स्वेत महिला आफ्नो कुकुरलाई घुमाउन बाहिर निस्किइन् । सिसिटिभी फुटेजमा स्वेत महिलाले भवनको सर्भिस एलिवेटरमा बटन थिचेर बच्चालाई माथिल्लो तलामा पठाएको देखिन्छ । समाचारअनुसार लिफ्टबाट बाहिर निस्किएपछि यी बालक बार्दलीको एक रेलिङमा चढे । त्यसक्रममा असन्तुलित भएर लडे अनि ज्यान गयो । 

घन्कियो ‘ब्ल्याक लाइभ्स म्याटर्स’ को नारा 
एएफपीकाअनुसार यी बच्चाको मृत्यु भएलगत्तै ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा लगाउँदै सयौं प्रदर्शनकारी रेसिफ शहरको सडकमा उत्रिए । यी प्रदर्शनकारीले मास्क लगाएका थिए । उनीहरुले सिटी कोर्टदेखि डिसिल्भा खसेर लडेको भवनसम्म प्रदर्शन गरे । 

अमेरिकामा धेरै दिनदेखि प्रदर्शन 
२५ मेइमा अमेरिकाको मिनेसोटामा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएको थियो । त्यसपछि प्रहरीले आफ्नो घुँडाले उनको घाँटी थिचेको भिडियो भाइरल भयो । यसपछि रंगभेद अन्त्यको माग गर्दै अमेरिकामा देशव्यापी प्रदर्शन चलिरहेको छ । त्यसयता, धेरै शहरमा कर्फ्यु लगाइएको छ भने नेशनल गार्डलाई पनि तैनाथ गरिएको छ । धेरै स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप