जसपाको अध्यक्षमा महन्थ र उपेन्द्र, वरिष्ठ नेतामा बाबुराम भट्टराई
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार मात्रै पार्टी पदाधिकारीको बारेमा सहमति जुटेपछि दल दर्ता भएको हो ।
दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको बताए । उनले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको र वरिष्ठ नेतामा डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको बताए ।
बाँकीको जिम्मेवारी दल दर्ताको प्रक्रिया पुरा भएपछि तोकिने उहाँले बताए । उनले जसपामा राजनीतिक समितिमा १ सय ५१ सदस्य र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएको र यसको पूर्णता पनि दल दर्ताको प्रक्रियाको क्रममा नै हुने बताए ।
दल दर्ताका लागि शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु निर्वाचन आयोगको कार्यालय पुगेका थिए । वरिष्ठ नेता महतोले जसपाले दल दर्ता नम्बर १३९२ पाएको बताए ।
सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि गत बैशाख १० गते समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गर्ने सहमति भएको थियो ।
बैशाख ११ गते दुवै पार्टीका नेताहरु आयोग पुगेर एकता बारे लिखित जानकारी गराएका थिए । आयोगमा लिखित जानकारी गराएको ४५ दिन भित्रमा दल दर्ता गराउनुपर्ने प्रावधान अनुसार अन्तिम दिन आइतबार जसपाका नेताहरुले दल दर्ता गराएका हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण