बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ : थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

आइतबार, २५ जेठ २०७७, १६ : २५
आइतबार, २५ जेठ २०७७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।  जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । 

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप