शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कामदार गाडीभाडा नहुँदा भारतमै अलपत्र, चर्को भाडा असुल्छन् भारतीय

आइतबार, २५ जेठ २०७७, १६ : १०
आइतबार, २५ जेठ २०७७

लकडाउनका कारण विगत केही महिनादेखि बन्द नेपाल र भारतबीचका सीमा केही दिनदेखि खुल्न थालेको छ । तर भारतमा रहेका नेपाली आप्रवासी कामदारले व्यहोर्नुपरेको सास्ती दूर हुने कुनै छाँट देखिँदैन । 

शुक्रबार र शनिबार मात्रै राष्ट्रिय हाईवेअन्तर्गत तेलांगानामा झन्डै ८ सय नेपाली कामदारहरु बस भाडा तिर्नकै लागि आफ्नो वचत रकमको ठूलो हिस्सा बुझाउन बाध्य भए । 

नेपालको धनगढीका ३० वर्षी मदन पोसा बैंगलोरस्थित रेस्टुरेन्टमा काम गर्थे । ‘यो बसको भाडा तिर्नका लागि मैले सबै वचत रकम खर्चिएँ, यसले मलाई उत्तर प्रदेशको सीमासम्म पु¥याउँछ । त्यहाँबाट पैसा नतिरी धनगढीसम्म पुग्नका लागि प्रयास गर्नेछु । नेपाल–भारत सीमा र कर्नाकट सीमा भएका कडाइका करारण हामीले देश फर्कन दुई महिना कुर्नुप¥यो । यी दुई महिनामा सबैखाले कठिनाई सामना गरेपछि विदेशी भूमिमा मर्नुको साटो आफ्नो देशमा आफ्नो परिवारका सदस्यबाट घेरिएर मर्नु ठिक देखें ।’

अन्य ३० आप्रवासी नेपाली कामदारसँगै यात्रा गरिरहेका मदनले तेलांगानास्थित पिर्किट जक्सनमा गाडी रोकिएका बेला भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै त्यहाँको पछिल्लो अवस्था जानकारी गराएका हुन् । 

रोजगारी गुमाएपछि तेलांगानाका विभिन्न भूभागबाट घर फर्कनका लागि सयौंको संख्यामा जम्मा भएका अन्य व्यक्तिहरुले पनि निशुल्क यातायतका लागि घण्टौं कुरेपछि अन्तत बाध्य भएर ८ हजार प्रतिव्यक्ती भाडा तिरेर हाइवेमा गाडी चढे । 

काठमाडौंका निनि बहादुर तिरुमालघिर्रीस्थित फास्ट फुड सेन्टरमा काम गर्थे, ‘सरकारले हामीलाई लकडाउनबारे कम्तिमा केही दिनअघि जानकारी दिनुपर्ने थियो । हामीले नेपाली सीमासम्म यात्रु बोकेर गएको ट्रेनमा समेत सिट पाएनौं । बसमा यो सिट लिनका लागि मैले ७ हजार ५ सय तिर्नुप¥यो,’ उनले भने । 

लकडाउनको समय केही महिना उनी साथीको कोेठामा बसेका थिए । जहाँ, उनले पैसा जोगाउन पाए । अन्यथा, उनले खाना र कोठाका लागि प्राय पैसा तिर्नुपथ्र्यो। उनका अनुसार हैदरावादमा मात्रै ६ सय नेपाली परिवार बिचल्लीमा छन् किनकी उनीहरुसँग गाडीभाडा छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप