बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति (भिडियो)
काठमाडौं । राजपा नेपालकी सांसद सरिता गिरीले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा आपत्ति जनाएकी छिन् । साथै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै सरकारको जवाफ माग गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि धारणा राख्ने क्रममा सांसद गिरीले सरकारले बजेटमा सेनाको एयर बेस स्थापना गर्ने कुरा ल्याएको बताउँदै ठाउँ नतोके पनि आफूलाई थाहा भएको जिकिर गरिन् । उनले सेनालाई फास्ट ट्रयाक बनाउन दिएर सरकारले गलत काम गरेको बताउँदै निजगढमा सरकारले दुई तीन बर्षदेखि सेनाको एयर बेस बनाउन थालेको भन्दै आपत्ति जनाइन् ।
उनले सभामुखलाई अफूले राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्न लागेको बताउँदै सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै उनीहरुलाई दक्षिण सिमाना लैजाने कि उत्तरीमा सिमानामा लैजाने भन्दै प्रश्न गरिन् । यसलाई सरकारले स्पष्ट पार्न माग गर्दै चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकोले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ? भन्दै प्रश्न गरिन् ।
उनले निजगढ बिमानस्थल बनाउन लागेको भनेर प्रचार गरेपनि त्यसमा सत्यता नभएको र त्यहाँ सेनाको एयरबेस बनाउन लागेको दावी गरिन् । उनले भनिन्– ‘बजेटमा सेनाको लागि एयरबेस बनाउने भन्ने कुरा आएको छ । कहाँ बनाउने त्यसमा मौन छ तर मलाई थाहा छ दुई तीन वर्षदेखि निजगढमा एयरबेस बनाउने तयारी गरिएको छ । मैले बारम्बार भनिरहेको छु निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन । निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भइरहेको छ । फास्ट ट्रयाक सेनालाई दिइयो र पथलैयामा सेनाको ठूलो क्याम्प बनाइएको छ । जहाँ तीनतिरबाट सडक आएको छ त्यहाँ सेनाको क्याम्प बनाउन किन आवश्यक पर्यो ?’
सेनाको बारेमा सांसद गिरीले थप बोल्दै गर्दा समय सकिएका कारण सभामुखबाट माइक काटियो । सांसद गिरीले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको बताउँदै जहाँ नेकपा सांसद जितेका छन्, त्यहाँ बजेट दिएको र अन्य स्थानमा विभेद गरेको आरोप समेत लगाइन् ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा