क्रिप्टाेकरेन्सी खुला गर्ने अर्थमन्त्रीकाे इच्छा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले क्रिप्टाेकरेन्सी खुला गर्ने इच्छा देखाएका छन् । नेपाल राष्ट्र बैंकले भर्चुअल प्रकारका कुनैपनि मुद्राकाे काराेबार वा माइनिङ प्रतिबन्ध लगाएकाे अवस्थामा अर्थमन्त्री खतिवडाले यस्ताे चाहना अघि सारेका हुन् ।
नेपाल धिताेपत्र बाेर्डकाे २८ औँ वार्षिकोत्सव समाराेहलाई सम्बाेधन गर्दै खतिवडाले बदलिँदाे परिस्थितिमा हाम्राे काराेबारहरु भर्चुअल मुद्राबाट समेत गर्नुपर्ने अवस्था देखिएकाे भन्दै त्यसलाई समेत अघि बढाउनेगरी वित्तीय क्षेत्रका नियमनकारी निकायहरुले समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।
'हामीले भर्चुअल करेन्सीजस्ताे क्राउड साेर्सिङदेखि क्लाउड साेर्सिङसम्मकाे प्रयाेग गरेर जानु पर्नेछ, यसका लागि हामीले हाम्राे क्षमता बढाउनुपर्छ, बजारमा साक्षरता पनि बढाउनुपर्छ' अर्थमन्त्री खतिवडाले भने ।
अहिले विश्वमा बिटक्वाइन, इथेरेम जस्ता हजाराैं क्रिप्टाेकरेन्सीहरुकाे प्रचलन छ । नेपालमा ३ वर्षअघिदेखि यस्ता करेन्सीमार्फत् काराेबार र माइनिङ समेत प्रतिबन्ध लगाइरहेकाे छ । भारतमा भने सर्वाेच्च अदालतकाे आदेशपछि ३ महिना अघि मात्रै यस्ताे प्रतिबन्ध हटेकाे छ ।
कार्यक्रममा खतिवडाले हाम्राे पुग्नुपर्ने गन्तव्य त्याे भए पनि अहिले पुँजीबजारमा साक्षरता समेत निकै कम भएकाे भन्दै त्यसमा जाेड दिन आग्रह समेत गरे । 'हामीले संरचनागत र कानूनी सुधार गर्दगर्दा बजारकाे साक्षरता नै पुगेकाे छैन, साक्षरता बढाएर पुँजी परिचालन गर्ने हाे भने पुँजीबजारकाे काराेबार बढेर यहीँ पर्याप्त तरलता थपिन्छ, बाहिरबाट आउनै पर्दैन' उनले भने ।
खतिवडाले कमाेडिटिज बजारकाे सञ्चालन र नियमनलाई छिटाे अघि बढाउन बाेर्डलाई निर्देशन समेत दिए । वस्तु विनिमय बजार तत्कालकाे लागि सम्भाव्य नभएजस्ताे देखिए पनि दीर्घकालमा याे निकै महत्वपूर्ण रहेकाे उनकाे भनाइ थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण