तालिबान समूहका ११ जना लडाकू मारिए

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु ६ जना तालिबानी घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । प्रहरीले उक्त भिडन्तमा सुरक्षा फौजतर्फ कुनै क्षति नभएको जनाएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।
यसैबीच, जाजी मैदान जिल्लाका बासिन्दाहरुले खोस्ट प्रान्तका सुरक्षा प्रमुख याकुबी जिल्लामा अज्ञात बन्दुकधारीको आक्रमणमा मारिएका बताएका छन् । तर खोस्टका स्थानीय अधिकारीहरुले उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेका छन् । सुरक्षा स्रोतहरुले सुरक्षा प्रमुखका दुई जना अंगरक्षक घाइते भएको बताएका छन् । कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी लिएका छैनन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह