बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबान समूहका ११ जना लडाकू मारिए

आइतबार, २५ जेठ २०७७, १३ : ५५
आइतबार, २५ जेठ २०७७

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु ६ जना तालिबानी घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।  प्रहरीले उक्त भिडन्तमा सुरक्षा फौजतर्फ कुनै क्षति नभएको जनाएको छ ।   तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

यसैबीच, जाजी मैदान जिल्लाका बासिन्दाहरुले खोस्ट प्रान्तका सुरक्षा प्रमुख याकुबी जिल्लामा अज्ञात बन्दुकधारीको आक्रमणमा मारिएका बताएका छन् ।  तर खोस्टका स्थानीय अधिकारीहरुले उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेका छन् । सुरक्षा स्रोतहरुले सुरक्षा प्रमुखका दुई जना अंगरक्षक घाइते भएको बताएका छन् । कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी लिएका छैनन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप