बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१० हजारले महँगियाे सुन, सुनभन्दा चाँदीकाे लगानीमा बढी नाफा

आइतबार, २५ जेठ २०७७, १३ : २१
आइतबार, २५ जेठ २०७७

काठमाडौं । सुनकाे भाउ १० हजारभन्दा बढी महँगाे भएकाे छ । लकडाउनपछि पहिलाेपटक ताेकिएकाे मूल्य अनुसार छापावाला सुनकाे मूल्य प्रतिताेला ८७ हजार ४ सय रुपैयाँ पुगेकाे हाे । त्यस्तै, तेजाबी सुनकाे ८६ हजार ९ सय ६० रुपैयाँ तथा चाँदीकाे मूल्य ९ सय २५ रुपैयाँ पुगेकाे हाे ।

लकडाउनअघि चैत १० गते सुनकाे मूल्य ७७ हजार रुपैयाँ तथा चाँदीकाे मूल्य प्रतिताेला ७ सय २० रुपैयाँ थियाे । याे हिसाबले साढे २ महिनामा सुन करिब १३ प्रतिशत र चाँदी करिब २२ प्रतिशतले बढेकाे हाे ।

किन बढ्याे भाउ ?

सुनकाे भाउ अन्तर्राष्ट्रिय बजारमा सुनकाे भाउ, स्थानीय मुद्रासँग डलरकाे विनिमय दर तथा स्थानीय भन्सार दर लगायतले निर्धारित हुन्छ । 

याे वर्ष सुनमा प्रतिताेला २ हजार ५ सय रुपैंया भन्सार दर थप भएकाे छ । त्यस्तै अन्तराष्ट्रिय बजारमा सुनकाे भाउ बढेकाे छ भने नेपाली रुपैंया डलरकाे तुलनामा थप कमजाेर भएकाे छ । त्यसैले गर्दा याे मूल्य बढेकाे हाे । 

अहिले सरकारले प्रतिदिन १० किलाेभन्दा बढी सुन आयात गर्न नपाउने व्यवस्था समेत गरेकाे छ । सप्लाईमा कमी आउनाकाे कारणले बजारमा सुनकाे अभाव देखिने सम्भावना समेत छ । यद्यपि सुनकाे भाउ बजारले नताेक्ने भएकाेले यसकाे असर बजारमा भने प्रत्यक्ष रुपले पर्दैन । 

चाँदीमा पनि भन्सार र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाे छ । यद्यपि यसकाे आयातमा काेटा ताेकिएकाे छैन । तर यसकाे भाउ सुनभन्दा धेरै दरमा बढेकाे हाे । यसअघि सुनचाँदीमा लगानी गर्नेहरु भने यसबीचमा राम्राे नाफा गर्न सफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप