बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्रको राष्ट्रिय गीत ‘सुरक्षा गरौँ सीमाको अब, तब बन्छ राष्ट्र’

आइतबार, २५ जेठ २०७७, १३ : ०९
आइतबार, २५ जेठ २०७७

काठमाडौं । नेपाल र भारत बीच सीमा बिवाद चर्किरहेको बेला गायक रामचन्द्र काफ्लेले ‘सुरक्षा गरौँ सीमाको अव, तब बन्छ राष्ट्र’ बोलको राष्ट्रिय गीत ल्याएका छन् । 

गीतमा गायनमा काफ्लेलाई गायिका जुनु रिजाललेसाथ दिएकी छन् । काफ्लेकै संगीत रहेको गीतमा सुरेन्द्र केसीको शब्द रहेको छ ।

गीतको भिडियो समेत निर्माण भएको छ । जसमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई, आकाश श्रेष्ठलगायतको अभिनय समेटिएको छ ।

भिडियो दीपेन्द्र केसीले निर्देशन गरेका हुन् । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप