बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्रीलाई ‘मुन्सी’ को संज्ञा दिँदै गगनले भने, ‘आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएर हाम्रो स्वास्थ्यमाथि खेलवाड गर्ने ?’

आइतबार, २५ जेठ २०७७, १३ : ००
आइतबार, २५ जेठ २०७७

काँग्रेस सांसद गगन थापाले अर्थमन्त्री युवराज खतिवडाले व्यक्तिगत स्वार्थमा लागि विद्युतीय गाडीमा चर्को कर लगाएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि खर्च कतौटीको प्रस्तावमाथि बोल्दै अर्थमन्त्रीले चकलेटमा कर छुट गर्ने तर इन्धन हुने खर्च रोक्ने विद्युतीय सवारीमा कर थोपरेको बताएका हुन् ।

भारतले गरेको नाकाबन्दीका बेला नेपाल आन्तरिक उर्जामा आत्मनिर्भर हुने र विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याएको स्मरण गर्दै विद्युतीय सवारीमा कर थोपर्नुमा जाल झेलको खेल भएको उनले बताए ।

शिक्षा मन्त्रीलाई र राष्ट्रपतिलाई श्री ६ बनाउने काम भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा बजेट दिने काम संविधान र संघीयता विरोधी रहेको उल्लेख गरे । यो वर्ष बढाएर ६ अर्ब छुट्याएको भन्दै विद्यालयको तल्लो तहमा तलब नपाइ काम गरेको शिक्षकको याद आएन भन्दै प्रश्न गरे ।

शिक्षा मन्त्रालयलाई बजेट दिँदा ९० लाख बालबालिका विद्यालय गएका छैनन् भन्ने याद नगर्ने र विदेशीले पैसा दिन्छ भनेर भर परेको बताए । सांसद थापाले एसइई खारेज गरौं भन्दा सरकारले नमानेको भन्दै शिक्षा क्षेत्रमा ल्याएको बजेटले निराश बनाएको उल्लेख गरे ।

उर्जा मन्त्रीले निजी स्तरमा जलविद्युत आयोजना बनाउनेलाई प्रबद्र्धन गर्छु भन्ने अनि यो वर्ष १ प्रतिशत भन्सार रहेको पेनस्टक पाइप र स्टिल पातामा ५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लगाएर कसरी निजी जलविद्युत आयोजना अघि बढ्छन् भन्दै प्रश्न गरे ।

यस्तै उर्जा मन्त्रीले उर्जा खपत बढाउन विद्युतीय गाडीमा सहुलियत दिने बताउने तर अर्थमन्त्रीले निजी स्वार्थका लागि चर्को कर किन थोपर्ने भन्दै प्रश्न गरे ।

प्रचण्ड प्रधानमन्त्री हुँदा आफू स्वास्थ्यमन्त्री रहँदा वायू प्रदूषणको मुख्य कारण सवारी साधानको इन्धन रहेको बताउँदै त्यसलाई कतौटी गर्ने कार्यक्रम, त्यसअघि संसदमा सन् २०३० सम्म काठमाडौमा विद्युतीय सवारी मात्र चलाउने संकल्प प्रस्ताव राखेको र भारतले नाकाबान्दी गरेका बेला संसदले राष्ट्रिय उर्जा नीति पारित गरेको स्मरण गराए ।

उनले अर्थमन्त्रीलाई खातापाता हेर्ने मुन्सीको संज्ञा दिँदै भने–‘स्टेटम्यानले जेनेरेशन हेर्छ, पोलिटिसियनले इलेक्सन हेर्छ, मुन्सीले खातापातामात्र हेर्छ । त्यति धेरे परको किन हेर्नुभएन मलाई चिन्ता भएन, तर यहाँ त मुन्सीको हिसाब किताब समेत मिलेन ।’

सांसद थापाले अर्थमन्त्रीको बाहिरबाट आयत हुने चकलेटदेखि फ्रोजन आलुमा समेत ब्यक्तिगत स्वास्र्थ रहेको बताउँदै गाडीमा भन्दा यी सामान खरिद गर्दा धेरै पैसा बाहिरिएको उल्लेख गरे ।

उनले अर्थमन्त्रीले स्वच्छ उर्जा नेपालमा आउन लागेकोमा त्यसलाई रोक्न दुश्प्रचार गरेको बताए । उनले भने–‘यो सानो विषय हैन, यसमा जाल झेल छलकपट त छँदैछ । त्यसको पनि हिसाव किताव गर्छौ । नेपाल कम्ुनिष्ट पार्टी बोल्नुपर्दैन ? घोषणापत्रमा लेखेको हैन ? स्वास्थ्य मन्त्रालय बोल्नुपर्दैन ? उर्जा मन्त्रालय बोल्नुपर्दैन ? तपाईहरु बोल्नुभएन तर हामी बोल्छौँ । हिसाव किताव गर्छौं, अर्थमन्त्रीको एउटा सानो स्वार्थका लागि हाम्रो जनस्वास्थ्यमाथी खेलवाड गर्ने, स्वच्छ उर्जामा यति लामो चालेको पाइलालाई रोक्ने कुनै पनि अधिकार छैन ।’

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप