शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसदको प्रश्न : मरेपछि कोरोना पोजेटिभ देखाउने हाम्रो कस्तो प्रविधि ?

१० अर्बको हिसाब दिन माग
आइतबार, २५ जेठ २०७७, १२ : ५१
आइतबार, २५ जेठ २०७७

नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्ब भन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ, हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाख भन्दा बढीको कुनैपनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्रआव्हान मार्फत गर्नुपर्छ भनेर भन्छ । यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो । यो नेपाली जनताले जान्न पाउने कि नपाउने ? खर्च भयो भनेर पुग्ने कि नपुग्ने ? त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ । यो खर्चको विवरण फेहरिस्त रुपमा आउन प¥यो भनेर माग गर्न चाहन्छु ।

उनले १० अर्ब खर्च हुँदा समेत स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था भएको बतए । त्यस्तै आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च ग¥यो भन्दै प्रश्न गरे ।

उनले सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजेटिभ रिजल्ट देखाउने गरिएको बताए । उनले भने, ‘जब मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ । हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो ? हामीले कहाँबाट ल्याएको प्रविधि हो ? किन यस्तो हुन्छ । एउटा मान्छे विरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टिलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेको छ । ’

उहाँले सरकारले सहयोग स्वरुप पाएको स्वास्थ्य सामग्रीहरुलाई बाजरमा कालाबजारीको हातमा पु¥याए बिक्री गरिरहेको बताउनुभयो । उहाँले चीन भारत र एनआरएनए हरुले सहयोगमा दिएको सामग्रीहरु व्यापारीको हातमा पु¥याइ बिक्री गर्न सरकरका मन्त्री र सचिवहरु नै लागेको बताउनुभयो । उनले भने, ‘बजारमा स्वास्थ्य सामग्रीहरु खुद्रा पसलहरुले बेच्न पाइराखेको छैन् । तर केही फेसबुकमा आउँछ पीपीई चाहियो भने, मास्क चाहियो भने हाम्रो फलानो नम्बरमा सम्पर्क गर्नुहोस् भनेर त्यस्ता कालाबजारीयाहरुलाई सरकारले रोक्ने कि नरोक्ने ? त्यसलाई पक्रेर कारबाही गर्ने नि नगर्ने ? सरकार मतियार भइरहेको छ तिनको । सरकारलाई चीनले भारतले एनआरएनहरुले दिएका सरकारका मन्त्री सचिवहरुलाई दिएका सामग्रीहरु ति व्यपारीहरुको हातमा पुगेको छ । तिनले बेचिरहेका छन आज हामीले ति मान्छेहरुसँग सोद्धा खेरी कहाँबाट आयो भन्दा माथिल्लो निकायबाट आयो भनेर जवाफ दिइरहेका छन् ।’

उनले सरकारले मानिसहरुलाई मान्छे जस्तो नगरी पशु व्यवहार गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘मानवलाई मानव गनेनौँ पशु व्यवहार ग¥यौं । आज क्वारेन्टाइनमा बसेका मन्छेहरुको मृत्यु भइरहेको छ । तर हामीले फर्केर हेरिरहेका छैनौँ । यो सरकार नागरिककको अविभावक हो कि होइन ? नागरिकको जिम्मा लिनु पर्छ कि पर्दैन ? सरकारले जिम्मा लिइहरको छैन । ’

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बनाउँदा व्यवसायीहरुसँग मिलेर कमिसन लिएको बताए । उनले केही ठूला व्यापारीक घरानासँग मिलेर अर्थमन्त्री खतिवडाले चक्लेट र विद्युतिय सवारीमा कर बढाएको बताए । उहाँले सरकारले बेवास्ता गरेका व्यवसायीहरुलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्रीलाई आग्रह गर्दै त्यसको जमानी आफु बस्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप