आजदेखि सुनचाँदीको पसल आंशिक खुल्ने, प्रत्येक दिन दरभाउ प्रकाशित हुने
आइतबार, २५ जेठ २०७७, १२ : ४१
काठमाडौँ । लकडाउन यता बन्द रहेको सुन चाँदी व्यवसाय आजबाट (जेठ २५) आंशिक खुला हुने भएको छ । चैत ११ देखि सो व्यवसाय बन्द थियो । सो दिनदेखि सुनचाँदीको दरभाउ पनि प्रकाशन गर्न स्थगित गरिएको थियो ।
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्न लागेकोले व्यवसाय पनि आंशिक खुला गर्न लागिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारले विभिन्न जिल्ला प्रशासन, सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिले केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकोले सोही अनुसार पसल खोलिने महासंघले जनाएको छ ।
आजैदेखि सुनचाँदीको भाउ पनि प्रकाशित भएको छ । आइतबार सुन तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलाको ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य