शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हिरासतमा रहेका युवकमा कोरोना पोजेटिभ

आइतबार, २५ जेठ २०७७, १२ : ०५
आइतबार, २५ जेठ २०७७

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ देखिएको छ । युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको हो । 

जबरजस्तीकरणी मुद्दाका आरोपी रहेका १७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले रातोपाटीलाई जानकारी दिए । 

डीएसपी खतिवडाका अनुसार जवरजस्ती करणी अभियोगमा ती युवकलाई प्रहरीले दश दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो । 

कोरोना संक्रमित युवकलाई गोरखा अस्पतालको आइसोलेसनमा राखिने तयारी भइरहेको छ । कोरोना पोजेटिभ देखिएका ती युवकसँग हिरासतमा अर्का एक पुरुष पनि सँगै थिए । 

गण्डकी प्रदेश जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणका क्रममा गोरखामा एकै दिन आइतबार दश जना संक्रमित फेला परेका थिए । यसअघि गोरखामा संक्रमित भेटिएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप