बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना निको भएर फर्किए

आइतबार, २५ जेठ २०७७, ११ : ५५
आइतबार, २५ जेठ २०७७

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए ।

सबैलाई आज नै सम्बन्धित ठाउँमा पठाइसकिएको उनले बताए । कोरोना विशेष अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना बाँकी रहेका छन् । 

बाँकी सबैको अवस्था सामान्य रहेको पनि वलीले बताए । केही दिन अगाडि ८ जनालाई अस्पतालले विदाई गर्ने भनेको भएपनि कार्यविधि अनुसार नभएकाले रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप