बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हिरोइनसहित दाङमा दुईजना पक्राउ

आइतबार, २५ जेठ २०७७, ११ : ५१
आइतबार, २५ जेठ २०७७

घोरही । १४ ग्राम १० मिलिग्राम खैरो हिरोइनसहित प्रहरीले दुर्इ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका श्रीबहादुर रावत र बाँके बैजनाथका सुरज शाही रहेका छन् ।

भे२प २७४ नम्बरको मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गरेको अवस्थामा दाङको तुल्सीपुर उपमहानगरपालिका– १३ दमारगाउँमा रहेको अस्थायी प्रहरी चेकपोष्टले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

शनिबार बेलुका अमेलियातर्फबाट तुल्सीपुर आउँदै गरेको मोटरसाइल जाँच गर्दा मोटरसाइकलको सिटमुनी र उनीहरुले लगाएको भित्रि वस्त्रमा लुकाइ ल्याएको अवस्थामा खैरो हिरोइन बरामद गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।  

उनीहरुले खैरो हेरोइन ओसारपासारमा प्रयोग गरेको भे २ प २७४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप